Friday 6th March 2026

नेताहरूको जनताप्रतिको जवाफदेहिता


जय नारायण माझी थारु – सर्व प्रथम हामी के बुझौ भने राजनीति हाम्रो जिवनमा कुनै न कुनै प्रकारले समाहित भएकै हुन्छ । किन कि राजनीति बिना कुनै पनि देश र त्यस देशमा बस्ने जनता अथवा नागरिकको भविष्य निर्धारण गर्ने आधार निर्माण हुन सक्दैन । हाम्रो समान्य भन्दा समान्य अधिकारहरुलाई पनि राज्य सत्ताबाट ठोस दस्तावेज बनाएर जनताको घर दैलो सम्म ति अधिकार पुर्याउने काम होस राजनैतिक पद्धति बाट प्रत्याभुत गराउन सकिन्छ । खासमा भन्नु पर्दा राजनितिक क्षेत्र जनता र देशको लागि बिशुद्ध सेवा गर्ने उत्तम माध्यम हो । राजनैतिक विधि बाट नै देशमा विधिको शाशन, सदाचार युक्त समाज, शुसाशन , भ्रटाचर मुक्त, कानुनी राज्य स्थापना, जनतामा मौलिक अधिकारको प्रत्याभुति गराउन सक्छन, नेपालमा राजनीतिक को प्रयोग देश र जनता को सेवाभन्दा ठिक बिपरित प्रयोग भएको पाईन्छ ।

लोकतन्त्रमा सबैभन्दा बढि जिम्मावार भनेको नेतृत्वपंति नै हुन्छ । नेतृत्वपंतिले जनताप्रतिको पुर्ण जवाफदेहितो बहन गर्यो भने मात्र लोकतन्त्र सफल सावित हुन्छ , जनताको आधाभुत हकधिकार को प्रत्याभुत गराउन , जनतालाई स्वास्थ्य शिक्षा, गास,बास,कपास, शान्ति सुरक्षा, बिधिको शासन, सदाचारयुक्त समाज जनताको मौलिकतालाई संरक्षण गर्ने मुख्य अभिभारा नै नेतृत्व र राज्यसताको बागडोर सम्हालेकाहरुको कर्तव्य हुन जान्छ । त्यहि कर्तव्य बोधका साथ राजनीतिज्ञहरु राजनितिलाई बिशुद्ध समाज सेवाको भावनाले आ–आफ्नो काम कर्तव्यलाई आत्मासात गर्यो भने बल्ल जनतामा लोकतन्त्रको अभास हुन्छ ।

राजनैतिक नेतृत्व (नेता) जनताको अभिवावक जस्तै हुन । जसरी जनता हरेक प्रकारको आफ्नो मौलिक हक अधिकार बाट बन्चित हुँदा नेतृत्व(नेता)ले त्यस लाई पुर्ण तरिकाले जनतामा अधिकारको प्रत्याभुत गराउन सदैव तत्पर रहनेलाई नै नेतृत्व ( नेता) मानिन्छ । जसरी एउटा बच्चा रहेक आफ्नो सम्पुर्ण सुख सुबिधा पाउनको लागि आफ्नो अभिवाक खोज्छ्न ठिक त्यस्तै जनता पनि आफ्नो अभिभावकत्व नेतृत्वमा खोज्छन । चाहे जनतालाई नेता ( नेतृत्व ) ले कुनै पनि रुपले बेवास्ता किन नगरुन तर नेतृत्व(नेता) हरुलाई आभिवाकको रुपमा छान्ने काम जनताको हुन्छ । नेतालाई जनतालाई चाहियो भने रातो कार्पेट बिछाएर कुर्ची सम्म पुर्याउन सक्छ भने यहि जनता फोहोरको डंगुरमा मिल्काउन सक्ने निर्णय गर्ने क्षमता राख्न सक्छ ।

जनता आफ्नो अभिभावकत्व नेतृत्वलाई भिजन, स्ट्राटेजि, कन्ट्रोभर्सि, को आधार मा चुन्छन । नेताहरुको यहि आधारहरुलाई चर्चामा ल्याएर आफ्नो देश र जनताको अभिभावक खोजी गरिन्छ । नेतामा जनताको नीति, भिजन, रणनीति, कार्यशैली बुझन र बुझाउन सक्ने, आफ्नो धारणा दिन सक्ने गुण खोज्छन जनताले । गणतन्त्रमा सवै भन्दा सर्वेसर्वा जनता नै हुन्छन । जनताले चाहियो भने नेतालाई हुत्याउदै, सुम्सुम्याउदै मात्र होइन उनीहरुलाई पछ्याउने ( वाच) गर्ने काम पनि गरिरहेका हुन्छन । आफुले छानेको नेतृत्व देश र जनताको लागि कस्तो गतिबिधि, कस्तो काम गर्दैछन भनेर, लोकतन्त्रमा जनता बोलेर, लेखेर वा आफ्नो हृदयबाट मुल्याङ्कन गरिरहेका हुन्छन । जनताको मुल्यङ्कनमा थोरै अङ्क आउनु नै नेतृत्वको राजनैतिक जिवनमा खडेरी आउनु हो । यसको उदाहरण दिनुपर्दैन , हामीलाई थाहा भएकै कुरा हुन ।

हाल हाम्रो देश नेपाल एउटा सार्वभौम सम्पन्न सङ्घिय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हो । तर जनताले गणतन्त्रको मुलुकको अभास भने पट्कै पाएको छैन जस्तो लाग्छ मलाई । गन्तन्त्रको नाममा कथित राज्य सत्ता सम्हालेकाहरुको रवैया हेर्ने हो भने हाम्रो देश ठिक गणतन्त्र विपरित हिडेको जस्तो भान हुन्छ । गन्तन्त्र को नाममा नाङ्लो बजाएर हाति तर्साउने काम हुदैछ हाम्रो देशमा । देशमा समृध्दिको लागि अगाडि बढनु कहाँ हो कहाँ ? राज्य सत्ता पाएपछि आफ्नै आसेपासेलाई पोस्ने, आफ्नो सम्पुर्ण सुख सुबिधाको लागि तत्पर हुने, भ्रष्टाचार जस्तो जघन्य अपराध गर्ने लगायतको काम भैइरहेको छ भूत देखि बर्तमान सम्म हाम्रो देश मा । के यहि हो त आफ्नो देश र जनताप्रतिको नेतृत्व( नेता)को जवाफदेहिता ?


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...