Monday 12th January 2026

कविताः अामाले दिएको अाशिर्वाद


-गगन सिंह बिष्ट

बाबु तिमी प्रदेशमा नरजर छौ नजर बन्द मलाई थाहा छ ।
लाग्नेछ मेरो माया सधै तिमीलाई सुगन्ध मलाई थाहा छ ।

आशिर्बाद छ बाबु सधै भरि यो निष्ठुरी आमाको तिमीलाई
जिबनमा मुस्कुराई रहन्छौ सधै मन्द मन्द मलाई थाहा छ ।।

मैलै नौ महिना गर्भ बोकी दुई वर्ष तिम्रो दिसा धोई पछुतो छैन
पार्ने छौ आवाज बिहिनहरुको आवाज बुलन्द मलाई थाहा छ ।।

यहि हो मेरो त्याग तिम्रो लागि तपस्या तिम्रो लागि सधै भरी
आउने छैन कहिल्यै तिम्रो लागि छन्द गन्ध द्धन्द मलाई थाहा छ ।।

बाबु खुसी हुनु सुखी हुनु जिबन भरि सधै मेरो आशिर्बाद छ ।
हुने छौ अनि भईरहने छौ जिबन भरि आनन्द मलाई थाहा छ ।

ब्यास गाउँपालिका –४, दार्चुला
हालः कुवेत


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...