Tuesday 13th January 2026

गजल


-हरि कंडेल

स्वार्थ लुट्नेहरुको बोलीमा मिठास हुने छ ।
साच्चै माया प्रेम यिनी हरुको खास हुने छ ।

चिनेका दुश्मनुबाट त टाढा जान सक्छौ
आफ्नो बनेर बस्ने दुश्मन आसपास हुने छ ।।

धन सम्पत्ति भनेर किन दुश्मनी बनाउछौ
थाहा छैन हाम्रो काहा अन्तिम बाँस हुने छ ।।

यहाँ करोडौंका मालिक त भिकारी हुन्छन्
धन सम्पत्ति आज छ भोली नाश हुने छ ।।

अमर हुने तिम्रो राम्रो काम मात्र हो मित्र
यो पार्थिव शरीर त एक दिन लास हुने छ ।।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...