Friday 25th September 2026

नेपाललले आफ्नो पहिलो भू उपग्रह पर्सि बिहीबार ‘लन्च’ गर्ने


तितोपाटी-नेपाललले आफ्नो पहिलो भू उपग्रह पर्सि बिहीबार ‘लन्च’ गर्ने भएको छ । जापानमा निर्मित सो भूउपग्रह अमेरिकाको भर्जिनिया राज्यस्थित नासाको ‘मिड–एटलान्टिक स्पेसपोर्ट लन्च प्याड’ बाट ‘नेपाली स्याट–१’ को प्रक्षेपण गरिन लागिएको हो ।

नेपाली समय अनुसार बिहीबार बिहान २ बजेर ३१ मिनेट जाँदा यसको प्रक्षेपण गरिने नाष्टका प्रविधि प्रमुख रविन्द्र ढकाललाइ उधृत गर्दै समाचारहरू सार्वजनिक भएका छन् । यो भू-उप ग्रहलाई अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा लगिने प्रमुख ढकालले बतएका छन्। यसलाई अन्तरिक्षमा एक महिनासम्म राखिने छ । त्यहाँसम्म पुग्न अन्तरिक्ष यानको प्रयोग गर्नुपर्ने हुन्छ ।

स्पेस स्टेसनमा रहेका अन्तरिक्षयात्रीले पुनः स्याटेलाइट परीक्षण गर्नेछन् । यसको अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले प्रत्यक्ष प्रसारण समेत गर्ने जनाईएको छ ।

मे तेस्रो सातामा स्पेस स्टेसनबाट भू–उपग्रहलाई पृथ्वीको कक्षमा छाडिने कार्यतालिका रहेको नास्टले जनाएको छ । जापानको क्यूटेक विश्वविद्यालयसँगको सहकार्यमा नेपालले यो भू उपग्रहको निर्माण गरेको थियो ।

इलेक्ट्रिकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जिनियरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्के सो भू उपग्रह निर्माण गर्न लागि परेका थिए ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

यमनका हुथी विद्रोहीहरूको आक्रमण बढ्दै गएपछि साउदी अरेबिया, टर्की र पाकिस्तानले आपत्कालीन उच्चस्तरीय बैठक गर्ने भएका छन्। तीन देशका विदेश…

प्रतिकृयाहरू
...