Sunday 19th May 2024

नेपाललले आफ्नो पहिलो भू उपग्रह पर्सि बिहीबार ‘लन्च’ गर्ने


तितोपाटी-नेपाललले आफ्नो पहिलो भू उपग्रह पर्सि बिहीबार ‘लन्च’ गर्ने भएको छ । जापानमा निर्मित सो भूउपग्रह अमेरिकाको भर्जिनिया राज्यस्थित नासाको ‘मिड–एटलान्टिक स्पेसपोर्ट लन्च प्याड’ बाट ‘नेपाली स्याट–१’ को प्रक्षेपण गरिन लागिएको हो ।

नेपाली समय अनुसार बिहीबार बिहान २ बजेर ३१ मिनेट जाँदा यसको प्रक्षेपण गरिने नाष्टका प्रविधि प्रमुख रविन्द्र ढकाललाइ उधृत गर्दै समाचारहरू सार्वजनिक भएका छन् । यो भू-उप ग्रहलाई अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा लगिने प्रमुख ढकालले बतएका छन्। यसलाई अन्तरिक्षमा एक महिनासम्म राखिने छ । त्यहाँसम्म पुग्न अन्तरिक्ष यानको प्रयोग गर्नुपर्ने हुन्छ ।

स्पेस स्टेसनमा रहेका अन्तरिक्षयात्रीले पुनः स्याटेलाइट परीक्षण गर्नेछन् । यसको अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले प्रत्यक्ष प्रसारण समेत गर्ने जनाईएको छ ।

मे तेस्रो सातामा स्पेस स्टेसनबाट भू–उपग्रहलाई पृथ्वीको कक्षमा छाडिने कार्यतालिका रहेको नास्टले जनाएको छ । जापानको क्यूटेक विश्वविद्यालयसँगको सहकार्यमा नेपालले यो भू उपग्रहको निर्माण गरेको थियो ।

इलेक्ट्रिकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जिनियरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्के सो भू उपग्रह निर्माण गर्न लागि परेका थिए ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...