Sunday 13th September 2026

नयाँ वर्ष २०७६ को शुभकामना


माधब पाैडेल “असल यात्री”

नँया बर्ष

उडाउदै बोट बिरुवाहरुमा सुकेको पत्कर
पलाउनेछु नँया पालुवा वसन्त ऋतुमा भन्दै
बाह्र महिना ,बाउन्न हप्ता
तीन सय पैसठ्ठी दिन गन्दा गन्दै
नेपालीको घर अाँगनमा अाएको छ
नँया बर्ष दुई हजार छैहत्तर ।

सबैमा जागोस् नँया जोस अनि नँया जाँगर
हटोस् समाजको बिकृति
गाउन पाइयोस् नेतागणको स्तुति
अनेक शुभकामना अद्भुत चाहना बोकि
नेपालीको घर अाँगनमा अाएको छ
नँया बर्ष दुई हजार छैहत्तर ।

हिजोको भ्रष्टाचार अत्याचार अनि बलत्कार
नदोहोरियोस् फेरि
सबैले पालन गर्छन् सदाचार
मनमा झिनो अाशा राख्दै
देवि देउता भाकल भाक्दै
नेपालीको घर अाँगनमा अाएको छ
नँया बर्ष दुई हजार छैहत्तर ।

बिगतमा अाँखा भरि टिलपिलएको
अाँशु पुस्दै
मन्द मन्द अोठमा हाँसो हास्दै
बर्षभरि खुशी हुने चाहाना
सबै को सबैमा शुभकामनाको गुच्छा बोकि
नेपाली को घर अाँगनमा अाएको छ
नँया बर्ष दुई हजार छैहत्तर ।

नँया बर्ष २०७६ को शुभकामना ।


सम्बन्धित शीर्षकहरु

इरानमा युद्ध, प्रतिबन्ध, कमजोर हुँदै गएको राष्ट्रिय मुद्रा र तीव्र मुद्रास्फीतिका कारण सर्वसाधारणको दैनिक जीवन थप कठिन बन्दै गएको छ।…

कुवेतको आन्तरिक मन्त्रालयले शत्रुतापूर्ण क्षेप्यास्त्र तथा ड्रोनलाई कुवेती सुरक्षा बलले आकाशमै अवरोध गरिरहेको दृश्य खिचेर सामाजिक सञ्जालमा प्रकाशित गर्ने एक…

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ स्थित देउताखोलामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।…

प्रतिकृयाहरू
...