Tuesday 13th January 2026

नयाँ वर्ष २०७६ को शुभकामना


माधब पाैडेल “असल यात्री”

नँया बर्ष

उडाउदै बोट बिरुवाहरुमा सुकेको पत्कर
पलाउनेछु नँया पालुवा वसन्त ऋतुमा भन्दै
बाह्र महिना ,बाउन्न हप्ता
तीन सय पैसठ्ठी दिन गन्दा गन्दै
नेपालीको घर अाँगनमा अाएको छ
नँया बर्ष दुई हजार छैहत्तर ।

सबैमा जागोस् नँया जोस अनि नँया जाँगर
हटोस् समाजको बिकृति
गाउन पाइयोस् नेतागणको स्तुति
अनेक शुभकामना अद्भुत चाहना बोकि
नेपालीको घर अाँगनमा अाएको छ
नँया बर्ष दुई हजार छैहत्तर ।

हिजोको भ्रष्टाचार अत्याचार अनि बलत्कार
नदोहोरियोस् फेरि
सबैले पालन गर्छन् सदाचार
मनमा झिनो अाशा राख्दै
देवि देउता भाकल भाक्दै
नेपालीको घर अाँगनमा अाएको छ
नँया बर्ष दुई हजार छैहत्तर ।

बिगतमा अाँखा भरि टिलपिलएको
अाँशु पुस्दै
मन्द मन्द अोठमा हाँसो हास्दै
बर्षभरि खुशी हुने चाहाना
सबै को सबैमा शुभकामनाको गुच्छा बोकि
नेपाली को घर अाँगनमा अाएको छ
नँया बर्ष दुई हजार छैहत्तर ।

नँया बर्ष २०७६ को शुभकामना ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...