Sunday 15th February 2026

‘ब्ल्याक होल’ को पहिलो तस्विर सार्वजनिक


तितोपाटी-ब्ल्याक होल सम्बन्धमा अनुसन्धानमा लागेका खगोलविद बैज्ञानिकहरूले वर्षाैंको प्रयत्न पश्चात ब्ल्याक होलको तस्विर लिन सफल भएका छन । उनीहरूले उक्त तस्विर हिँजो सार्वजनिक गरेका छन् । यस क्षणलाई उनीहरूले हर्षोल्लासपूर्वक मनाएका छन्। खगोलविद्हरूले बुधबार ८ ठाउँमा पत्रकार सम्मेलन गर्दै ब्ल्याक होलको पहिलो वास्तविक तस्बिर संसारभर सार्वजनिक गरे।

के हो त ब्ल्याकहोल ?

अन्तरिक्षमा एउटा यस्तो राक्षसी भुमरी छ– जसले जे भेट्टायो त्यही निलिदिन्छ त्यसलाइ नै ब्ल्याक होल भनिन्छ । अध्येताहरू भन्छन्– मौका पाए यसले सूर्य नै खाइदिन्छ। त्यो भुमरी अर्थात् ‘ब्ल्याक होल’ बारे थाहा भएको वर्षौंपछि बल्ल तस्बिर लिन वैज्ञानिकरू सफल भएका हुन। ब्ल्याक होल सिद्धान्तलाई स्टेफेन हकिङले विस्तृत व्याख्या गरेका थिए। उनले सन् १९९३ मा ‘द बिग ब्याङ एन्ड ब्ल्याक होल्स’ र ‘ब्ल्याक होल्स एन्ड बेबी युनिभर्सेज’ नामक दुई पुस्तक प्रकाशन गरेका थिए। मार्च १४ सन् २०१८ मा ७६ वर्षको उमेरमा हकिङको निधन भएको थियो। उनको मृत्युको झण्डै एक वर्ष पछि बैज्ञानिकहरूले ब्ल्याक होल को तस्विर लिन सफल भए ।

ब्ल्याक होलमा अत्यधिक गुरुत्वाकर्षण छ। नक्षत्रले २० वर्षमा यसको परिक्रमा गर्छन्। यसको आकर्षण क्षेत्रमा रहेका केही पनि जोगिन सक्दैनन्। ब्ल्याक होलको चारैतिर एउटा सीमा क्षेत्र हुन्छ। त्यसलाई क्षितिज भनिन्छ। क्षितिजमा कुनै चिज पसिगए फिर्ता आउन सक्दैन। अरु त छाडौं, प्रकाशलाई पनि यसले निलिदिन्छ। हालसम्मका अनुसन्धानमा ठुल्ठूला ताराको जीवनचक्र सकिएपछि उनीहरू ब्ल्याक होलमा परिणत हुने बताइएको छ। यो तस्बिरले अल्बर्ट आइन्स्टाइनको ‘थ्योरी अफ रिलेटिभिटी’ सिद्धान्तलाई चुनौती दिने भएको छ। यसअघि ब्ल्याक होलको स्वरूप खगोलविद्हरूको कल्पनाको आधारमा मात्र थियो। तस्बिरले अन्तरिक्ष विज्ञानको क्षेत्रमा महान् उपलब्धि दिलाउनुका साथै कैयौं सिद्धान्तमा पुनः विचार र अध्ययनका लागि समेत राम्रो अवसर प्रदान गर्ने बताइएको छ।

ब्ल्याक होलको तस्बिर इभेन्ट होराइजन दूरबीनबाट खिचिएको थियो। यो दूरबीन संसारका ६ स्थानमा जडान गरिएको छ। उक्त दूरबीन ब्ल्याक होलको तस्बिर खिच्न बनाइएको हो। दूरबीन अमेरिकाको हवाई र एरिजोना, स्पेन, मेक्सिको, चिली र दक्षिणी ध्रुवमा राखिएको छ। यी सबै दूरबीन जोडेर निकै शक्तिशाली आभासी (भच्र्यूअल) टेलिस्कोप बनाइएको छ। ती दूरबीनबाट प्राप्त तथ्यांक सुपरकम्प्यूटरमा संग्रह गरिन्छ। ब्ल्याक होल खोजी कार्यमा सन् २०१२ देखि २ सय वैज्ञानिक सहभागी थिए।

यूरोपीय अन्तरिक्ष संस्था (इसा)का खगोलविद् एवं ब्ल्याक होलका विशेषज्ञ पल म्याक्नमाराले भने, ‘विगत ५० वर्षभन्दा बढी समयदेखि वैज्ञानिकहरूले हाम्रो आकाशगंगाको केन्द्रमा कुनै चम्किलो वस्तु देखेका थिए।’

इभेन्ट होराइजन दूरबीनका निर्देशक एवं हार्वर्ड विश्वविद्यालयका वरिष्ठ अन्वेषक शेपर्ड डोलम्यानले भने, ‘ब्ल्याक होल पूरै ब्रह्माण्डका लागि सर्वाधिक रहस्मय वस्तु बनेको छ। हामीले यसलाई देख्न पाउँछौं भन्ने पनि सोचेका थिएनौं। आज यसको तस्बिर पनि सार्वजनिक गर्‍यौं।’


सम्बन्धित शीर्षकहरु

नेपालको राजनीतिक संस्कृतिमा घोषणापत्रको विश्वसनीयता दशकौँदेखि कमजोर छ। चुनावअघि वाचा, चुनावपछि बिर्सिने परम्पराले नागरिक–राजनीति सम्बन्धमा गहिरो अविश्वास सिर्जना गरेको छ।…

नयाँ विद्रोह, पुरानो संरचना: किन अघि बढेन महावीर पुनको नवप्रवर्तन सपना ? नेपालको राजनीतिमा “नयाँ पुस्ता” वा परिवर्तनको नारासहित बनेका…

महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा–आराधना तथा दर्शन गरी श्रद्धापूर्वक मनाइँदैछ। विशेष गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा बिहानैदेखि भक्तजनको उल्लेख्य…

प्रतिकृयाहरू
...