Friday 24th April 2026

अर्घाखाँचीमा जिप दुर्घटना, ३ को मृत्यु


तीतोपाटी-अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कस्थित चुत्रावेशीबाट प्युठानको बरौला गाउँतफ जाँदै गरेको यात्रु बाहक जिप अर्घाखाँचीको लात्तेबाँझमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

लु १ ज १२२९ नम्बरको जिप दिउँसो २ बजे भूमिकास्थान नगरपालिका-८ नुवाकोटको लात्तेबाँझको उकालोमा ब्रेक फेल भएपछि सडकबाट तल खस्दा दुर्घटना भएको थियो।

दुर्घटना परी प्युठान ऐरावती गाउँपालिका-२ का ५० वर्षीय धनबहादुर राना, १४ वर्षीया मनीका आचार्य र अन्दाजी ६ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। बालकको सन्धिखर्क अस्पतालमा निधन भएको प्रहरी निरीक्षक गम्भीरजंग थापाले बताए। बालकको परिचय खुलेको छैन।

१४ सिट सवार जिपमा १८ जना यात्रु थिए। जसमध्ये ८ जनाको सन्धिखर्क अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल रिफर गरिएको छ। अन्य घाइतेको सन्धिखर्कमै उपचार भइरहेको छ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुम्बासी बस्तीहरुमा डोजर चलाउने तयारी गरेको छ । आज साँझ काठमाडौंको थापाथली स्थित…

तितोपाटी-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको…

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र'…

प्रतिकृयाहरू
...