Saturday 16th August 2025

अर्घाखाँचीमा जिप दुर्घटना, ३ को मृत्यु


तीतोपाटी-अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कस्थित चुत्रावेशीबाट प्युठानको बरौला गाउँतफ जाँदै गरेको यात्रु बाहक जिप अर्घाखाँचीको लात्तेबाँझमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

लु १ ज १२२९ नम्बरको जिप दिउँसो २ बजे भूमिकास्थान नगरपालिका-८ नुवाकोटको लात्तेबाँझको उकालोमा ब्रेक फेल भएपछि सडकबाट तल खस्दा दुर्घटना भएको थियो।

दुर्घटना परी प्युठान ऐरावती गाउँपालिका-२ का ५० वर्षीय धनबहादुर राना, १४ वर्षीया मनीका आचार्य र अन्दाजी ६ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। बालकको सन्धिखर्क अस्पतालमा निधन भएको प्रहरी निरीक्षक गम्भीरजंग थापाले बताए। बालकको परिचय खुलेको छैन।

१४ सिट सवार जिपमा १८ जना यात्रु थिए। जसमध्ये ८ जनाको सन्धिखर्क अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल रिफर गरिएको छ। अन्य घाइतेको सन्धिखर्कमै उपचार भइरहेको छ।


सम्बन्धित शीर्षकहरु

विगत केही रातदेखि, हिज्बुल्लाहको गढ मानिने बेरुतको दहियाह जिल्लामा दर्जनौं मोटरसाइकलहरू गुडिरहेका छन्। सवारहरूले निरन्तर हर्न बजाउँछन्, हिज्बुल्लाहको झण्डा फहराउँछन्,…

लुलु हाइपरमार्केट कुवेतले एक हप्ता लामो ‘भारत उत्सव’ शुरू गरेको छ । भारतको स्वतन्त्रता दिवसलाइ लक्षित गरि लुलु हाइपरमार्केटले १३…

अपरेशन सिन्दूरमा मिडिया ब्रीफिंगमा महत्वपूर्ण भूमिका खेल्ने विंग कमाण्डर व्योमिका सिंहसँगै कर्नल सोफिया कुरेशी कौन बनेगा करोडपति (केबीसी) को स्वतन्त्रता…

प्रतिकृयाहरू
...