Monday 12th January 2026

नयाँ सालको शुभकामना


नयाँ साल को शुभकामना

पुरानो साल बित्न लाग्यो आयो नयाँ साल ।
राम्रो बित्यो ठिकै भयो अब होस् खुस हाल ।।

रोग ब्याध सबै हटुन खुशी शान्ति छाओस
नयाँ साल नयाँ सरकार बिकाशको बाटो आओस् ।।

घरमा शान्ति टोलमा खुशी आउदै बिकाशको लहर
परिवार खुशी देशको समृद्धि रमाइलो गाउँ शहर ।।

पुरानो जान्छ नयाँ आउँदा सफलता र राम्रो
सुख शान्ति र समृद्धिको लागि शुभकामना हाम्रो ।।

हाँसौ खेलौ नयाँ सालमा दिल खोली रमाउने
परदेशमा बसेका हामी नेपाली अझै धेरै कमाउने ।।

जे हुनेछ राम्रो हुनेछ नयाँ साल आयो
राम्रो लाउँ मिठो खाउँ बर्ष भरि रमायो।।

रचनाकार
छबिराम सुनार ( निर्दोष )
डेढ गाउले भान्जा
नवलपरासी नेपाल
हाल कुवेत


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...