Friday 15th August 2025

नेपालको पानी कतारमा बेच्ने


तिताेपाटी – खानेपानी मन्त्रालय सिंहदरबारमा खानेपानी मन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच अाज मंगलबार  भेटवार्ता भएको छ ।

उक्त भेटघाटमा खानेपानी मन्त्री र राजदूतबीच नेपालबाट पिउने पानी निर्यात गर्ने विषयमा महत्वपूर्ण छलफल भएको  मन्त्रीको सचिवालयले जनाएको छ । भेटघाटमा मन्त्री मगरले नेपालको पानी निर्यात गर्ने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको बताइन् । उनले नेपालको पानी त्यसै खेर गैरहेकाले विदेश निर्यात गर्ने विषयमा छलफल चलिरहेको जानकारी गराइन्। मन्त्री मगरले भनिन्, ‘पानीको स्रोतको सदुपयोग गरेर स्प्रिङ वाटर निर्यात गर्ने विषयमा मेरो ध्यान बढी केन्द्रित छ । कतार सरकारसँग सहकार्य गरेर अघि बढ्न पाए अझ राम्रो हुन्थ्यो । म एकदम उत्साहित छु ।’

स्प्रिङ वाटर निर्यात गर्ने विषयमा दुवै देशका प्रतिनिधिहरुबीच थप छलफल गरेर अघि बढ्ने उनले बताइन् । सो भेटघाटमा मन्त्री मगरले नेपाल र कतार सरकारबीच समझदारी गर्ने विषयमा प्रक्रिया अघि बढाउन खानेपानी विभागका महानिर्देशकलाई निर्देशन दिएकी छिन् । सोही भेटघाटमा सहभागी भएका विभागका महानिर्देशक सुनिलकुमार दासले स्प्रिङ वाटर निर्यात गर्ने विषयमा विभागले अब छिटै विस्तृत अध्ययन अगाडि बढाउने र दुवै देशबीच सम्झौताको मस्यौदा तयार पार्ने बताए ।

नेपालका लागि कतारका राजदूत अल हेलले नेपालको पानी सफा र स्वच्छ रहेकाले यसको बजार कतारमा राम्रो रहेको स्पष्ट पारे । नेपालको पानी पिउन कतार आतुर रहेको राजदूत हेलले बताए । उनले भने, ‘कतारलाई ग्यास र तेलको अभाव छैन तर शुद्ध पिउने पानीको भने समस्या छ । भोलिका दिनमा पानीको समस्या आउने हामीलाई चिन्ता छ । त्यसैले नेपालको पानी कतारमा लैजाने विषयमा दुवै देशका सरकारबीच समझदारी गर्नु अति आवश्यक छ ।’ उनले अरु देशको भन्दा नेपालको पानी स्वच्छ र प्राकृतिक मिनरलयुक्त रहेको धारणा राखे ।

-राताेपाटी


सम्बन्धित शीर्षकहरु

कहिले कृषी मन्त्रालयमा बजेट छैन भन्ने कहिले निगुरोलाई किसानले मल हालेर अभाव भएको बयान दिने कृषी मन्त्री को बयान ले…

विषाक्त रक्सीको सेवनबाट कुवेत का विभिन्न अस्पतालहरूमा भर्ना भएका ६३ जना मध्ये १३ जनाको मृत्यु भईसकेको छ । देशभरका सुरक्षा…

तितोपाटी -  पाल्पामा सहकारी संस्थाकाे रकम हिनामिना गरेकाे आराेपमा रम्भा गाँउपालिकामा मुख्य कार्यालय रहेको  लालीगुँरास वचत तथा ऋण सहकारी संस्थाका…

प्रतिकृयाहरू
...