Friday 13th February 2026

१७ औं एमबि बमजन गोल्डकप फुटबलको उपाधि सरोकार समाजको पोल्टामा


तितोपाटी – माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव काठमाण्डाैं-कुवेतले आयोजना गरेको १७औं एमबि बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको उपाधि सरोकार समाजले हात पारेको छ । गत मार्च २२ र २९ तारिकका दिन खेलाइएको उक्त टुर्नामेन्टको उप-विजेता भने गोर्खाली फुटबल क्लव(GFC) बनेको छ ।

जम्मा १२ टिमको प्रतिस्पर्धा रहेको टुर्नामेण्टको पहिलो र क्वार्टर फाईनल चरणका खेलहरु गत हप्ता २२ मार्चमै सम्पन्न भएका थिए । जसबाट आफ्ना निकट्तम प्रतिद्वन्दी टिमहरुलाई पराजित गर्दै पुर्बेली टाईगर, गोर्खाली फुटबल क्लव, युनिक नेपाल र सरोकार समाजले सेमीफाईनमा प्रवेश गरेका । सेमिफाईनलमा पुर्वेली टाईगरलाई गोर्खाली फुटबल क्लवले र युनिक नेपाललाई सरोकार समाजले पराजित गर्दै फाईनलको यात्रा तय गरेका थिए भने फाईनलमा सरोकार समाजले गोर्खाली फुटबल क्लवलाई पराजित गर्दै टुर्नामेण्ट बिजेताको उपाधी चुमेको थियो । गत वर्षको बिजेता टिम पुर्वेली टाईगरको यात्रा सेमिफाईनलबाट र उपबिजेता टिम किरात राई रायोक्खाको यात्रा पहिलो चरणबाटै समाप्त भएको थियो । 

विजेता टिमलाइ २५१ केडी नगदी, ट्रफी, मेडल र प्रमाण पत्रले सम्मान गरेको थियो भने उप-विजेता १५१ केडी नगदी, ट्रफी, मेडल र प्रमाण पत्रले सम्मान गरेको थियो । यसैगरी, सहभागी १२ टिमहरु मध्ये अनुशासित टिमको उपाधी युनिक नेपालले,उत्कृष्ट खेलाडी हर्क मगर(गोर्खाली फुटबल क्लव) र हाई स्कोरर अमृत मेचे(पुर्बेली टाईगर) ले प्राप्त गरेका थिए भने रेफ्रिहरुलाई कप र मेडलले सम्मान गरिएको थियो । विजेता र उप-विजेता टिमहरुलाई बमजन कपका संस्थापक राजेन्द्र तामाङ, श्रीमती गीता तामाङ, NRNA कुवेतकी अध्यक्ष सुमित्रा देवी पौडेल, समाजसेवी डिबी कार्की र क्लव अध्यक्ष ईन्द्र पोखरेलको हातबाट पुरस्कार वितरण गरिएको थियो ।

क्लवले १७औं बमजन गोल्ड कपमा स्वयंसेवक तथा सुरक्षाको पूर्ण जिम्मेवारी लिई सहयोग गरेकोमा नेपालकुवेत सरोकार समाज तथा स्पोन्सरहरू अमन एक्सचेन्ज कुवेत र हिमाल रेमिटलाई मायाको चिनोले समान गरेको थियो भने मिडिया लगायत अन्य सहयोगीहरुलाई कदर-पत्रले सम्मान गरेको थियो ।

 १७औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप सञ्चालनको अवसरमा टुर्नामेण्टलाई थप आकर्षित बनाउन सेमिफाईनल खेल सम्पन्न भए पश्चात ३५ उमेर काटेका पुराना तथा अनुभवी खेलाडीहरु विच पनि मैत्रीपुर्ण खेल खेलाइएको थियो ।


सम्बन्धित शीर्षकहरु

क्यान्सर रोगबाट पीडित हल्दिबारी गाउँपालिका वडा नं. ४ निवासी प्रेम कुमारी लिम्बुको उपचार सहयोगार्थ विभिन्न व्यक्ति तथा संस्थाको पहलमा आर्थिक…

निर्वाचन आयोगले आचारसंहिता लागू भइसकेपछि कुनै पनि राजनीतिक दलले “मतदाता प्रभावित पार्ने भड्किलो प्रचार वा शक्ति प्रदर्शन” गर्न नपाउने जनाएको…

-नारायण कोइराला मन्दिर भित्र पस्दैथिएँ।एक्कासी मन्दिरको पर्खाल भत्कियो। मन्दिरभित्रका देउतामा डर,त्रास केही देखिनँ। पर्खालका ढुंगा आपसमा ठोकिएर फुटे। जताततै छितारिए।…

प्रतिकृयाहरू
...