Monday 7th September 2026

प्रधानमन्त्री ओली मोरङ जाने भएपछि रातारात सडक कालोपत्रे


तीतोपाटी-मोरङको उर्लावारीस्थित मंगलबारेमा रहेको मदन भण्डारी प्रतिष्ठानको केन्द्रिय कार्यालयको २५ ‌औँ रजतजयन्तिको उद्घाटन गर्न आइतबार प्रधानमन्त्री केपी शर्मा ओली जाने भएपछि राता रात बाटो कालो पत्रे गरिएको छ ।

केही समय अगाडी राष्ट्रपति जाँदा पनि कालो पत्रे नभएको सडक प्रतिष्ठानको नियमित कार्य भएको भन्दै प्राइमर लगाएको २४ घण्टा नबित्दै कालो पत्रे गर्न थालिएको छ ।

नगरपालिका र मदन भण्डारीको साझेदारीमा बन्दै गएको बाटो निमार्ण कार्यमा भने जनताको ब्यापक गुनासो बढेको छ । विकास र समृद्धिको नारा बोकेको ओली सरकारले यसरी रातारात बाटो कालोपत्रे गरेर जनताको आँखामा छारो हालेको स्थानीय बताउँछन् ।

महेन्द्र राजमार्गदेखी दक्षिण शनिश्चरे बजारसम्मको लगभग तीन सय मिटर लामो सडकमा उर्लावारी नगरपालिकाको ११ लाख, प्रतिष्ठानको १८ लाख ३८ हजार गरि कुल २९ लाख ३८ हजारमा उपभोक्ता समिति मार्फत बाटो निर्माण गरिएको भन्दै २४ घण्टा राखेर कालो पत्र गरिने प्रतिष्ठानका कार्यकारी निर्देशक विनोद अर्याल वताउँछन् । आइतबार यही बाटो हुँदै कार्यक्रम उद्दघाटन गर्न प्रधानमन्त्री ओली जानेछन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (IRGC) ले अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिकारस्वरूप तीन इरानी तेल ट्यांकरमाथि…

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

प्रतिकृयाहरू
...