Wednesday 14th May 2025

नेपाली राजदुतावास कुवेतद्वारा राष्ट्रिय खेलाडीलाई सम्मान सहित दिवाभोज, नेपाल र कुवेतको दोश्रो मैत्रीपूर्ण खेल २५ मार्चमा हुँदै


तितोपाटी – नेपाली राजदुतावास कुवेतले आफ्नै कार्यकक्षमा आइतबारका दिन सम्मान सहित  दिवाभोजको आयोजना गरेको छ । हालसालै सम्पन्न मैत्रीपूर्ण पहिलो खेलमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै कुवेतसँग गोलरहित बराबरी खेलेको खुसियालीमा र अर्को दोश्रो मैत्रीपूर्ण खेल मार्च २५ सोमबारको दिन हुन लागेकोमा खेलाडीलाई शुभकामना दिन दिवाभोजको आयोजना गरिएको थियो ।

नेपाली राजदुतावास कुवेतका कार्यबाहक राजदुत प्रकाश मनि पौडेलले मैत्रीपूर्ण पहिलो खेलमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै कुवेतसँग गोलरहित बराबरी खेलेको खुसियालीमा बधाई दिएका थिए । अर्को दोश्रो खेलमा पनि उत्कृष्ट खेल प्रदर्शन साथै जितको लागि अग्रिम बधाई तथा शुभकामना दिएका थिए । नेपाली राजदुतावास कुवेतका द्वितीय सचिब ज्ञान बहादुर मगर, श्रम सहचारी ज्ञानेन्द्र शर्मा लगायतले जितको लागि अग्रिम बधाई तथा शुभकामना दिएका थिए ।

प्रवासमा कार्यब्यस्तताको बाबजुद पनि गत बिहिवारको दिन खेल मैदानमा खेल प्रेमी दर्शकहरु हजारौंको संख्यामा उपस्थित भइ खेलाडी प्रति बेजोड माया दर्शाउनुको साथै हौसला प्रदान गरेमा खेल प्रेमी दर्शक र नेपाली राजदुतावास कुवेत प्रति टिम क्याप्टेन बिराज महर्जनले धन्यवाद व्यक्त गरेका छन । मार्च २५ सोमबारको खेलमा पनि कुवेतमा कार्यरत सबै नेपालीहरु उपस्थित भइ खेलाडीलाई हौसला दिनको लागि पनि आग्रह गरेका छन ।

कुवेतमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीलाई नेपाल र कुवेतको मैत्रीपूर्ण दोश्रो फुटबल खेल पनि गत बिहिवारको दिन भएको खेल मैदानमा नै हुने जानकारी गराउदै, मार्च २५ सोमबारको दिन समय मिल्ने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु उपस्थित भइ नेपाली राष्ट्रिय फुटबल टिम लाई हौसला प्रदान गरिदिनुहुनको लागि कोसेली समुहका सस्थापक संरक्षक सुजन के.सि. ले हार्दिक अनुरोध गरेका छन ।

स्थान : अल शबाब स्पोर्ट्स क्लब स्टेडियम, कुवेत
अल अहमदी, ब्लक १२, स्ट्रिट १६ ( कुवेत गल्फ ओयल कम्पनी, पेट्रोलियम ट्रेनिङ्ग सेन्टर अगाडी)
मिति : सोमबार ११ चैत २०७५ (२५ मार्च २०१९)
समय : साँझ ६:३० बजे
प्रबेश शुल्क : १ कुवेती दिनार


सम्बन्धित शीर्षकहरु

नुवाकोट घर भएर काठमाडौँ बस्ने २८ वर्षीया विमला तामाङ्ग मृत भेटिएकी हुन् । काठमाडौँको बागबजारस्थित गेस्ट हाउसमा २०८१ चैत २९…

काबुल: तालिबान सरकारले मंगलबार भनेको छ कि जुलाईमा संयुक्त राज्य अमेरिकामा कानुनी सुरक्षा खारेज हुने अफगान शरणार्थीहरूको स्वदेश फिर्तीमा ट्रम्प…

गत हप्ता भएको भयंकर सैन्य टकरावपछि भएको युद्धविरामपछि राष्ट्रलाई दिएको पहिलो सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पाकिस्तान विरुद्धको सैन्य कारबाही…

प्रतिकृयाहरू
...