Monday 1st December 2025

नेपाल र कुवेतको मैत्रीपूर्ण फुटबल खेल २१ मार्चमा हुने


तितोपाटी – नेपालको राष्ट्रिय फुटबल टिम कुवेतमा मैत्रीपूर्ण फुटबल खेल खेल्न आउने भएको छ ।

श्रोतका अनुसार नेपालको राष्ट्रिय फुटबल टिमका खेलाडिहरु २० मार्च २०१९ बुधवार, कतार एअरवेजको फ्लाईट नं. QR१०७६ बाट बिहानको ठिक ०४.०० बजे कुवेत अन्तर्राष्ट्रिय बिमानस्थलमा आगमन हुनेछ भने २१ मार्चको बेलुकी कुवेतसँग फ्रेण्डली म्याच(मैत्रीपूर्ण खेल) हुने बताईएको छ ।

कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उक्त समयमा कुवेत बिमानस्थलमा उपस्थित भई देशका राष्ट्रिय खेलाडिहरुको स्वागत गर्न माउण्ट एभरेष्ट क्लबले हार्दिक अनुरोध गरेको छ ।

यसैगरी, २२ मार्चमा हुने क्लवको १७औं माउण्ट एभरेष्ट एम.बी. बमजन गोल्ड कपमा समेत राष्ट्रिय खेलाडिहरुलाई पनि उपस्थित गराउने क्लबले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानले आइतबार सर्वशक्तिमान सैन्य कानुनी उन्मुक्ति प्रदान गर्ने सम्बन्धमा कानूनको शासनको लागि सम्भावित "दूरगामी परिणामहरू" बारे संयुक्त राष्ट्र मानव अधिकार…

यस सप्ताहन्तमा बेरुत आइपुग्ने पोपलाई सन्देश दिँदै लडाकू समूह हिज्बुल्लाहले शनिबार पोप लियो चौधौंलाई लेबनान विरुद्ध इजरायली "अन्याय र आक्रामकता"…

कुवेतस्थित नेपाली दूतावासमा नयाँ प्रथम सचिव चण्डिका पोखरेल र श्रम सहचारी जनार्दन गौतमले औपचारिक रूपमा काम सुरु गरेका छन्। दुवै…

प्रतिकृयाहरू
...