Tuesday 23rd June 2026

कुवेतमा मेलिना र रमेश राजले धमाका मच्चाए


तितोपाटी- चितवन सेवा समाज कुवेत द्वारा आयोजित अनाथ बालबालीकाहरुको सहयोगार्थका लागी सांगीतिक चितवन धमाका ३ हिजो (शुक्रबार) अर्थात फेब्रवरी २२ तारिक कुबेतको जिलिप स्थित नटिङ ब्रिटिस स्कुलको हलमा अतिथि कलाकार चर्चित गायक गायिका- मेलिना राई, र रमेश राज भट्टराईले सांगीतिक धमाका भव्यरूपमा सम्पन्न भएको छ।

समाजको अध्यक्ष नवीन लोप्चनको अध्यक्षता सम्पन्न कार्यक्रम दिउँसो २ बजे देखि सुरु भएको थियो । अतिथि कलाकारहरु लाई नेपाली पन्चे बाजा बजाएर स्वागत गरिएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली दुतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्मा रहेका थिए भने बिशेष अतिथिमा एनआरएनए कुवेतकी अध्यक्ष सुमित्रा पौडेल, पत्रकार महासंघका अध्यक्ष हरीकृष्ण न्यौपाने, कुबेतमा कृयाशिल नेपाली संघ सस्थाको प्रमुख तथा प्रतिनिधिहरु र पत्रकारहरु अतिथीको रुपमा उपस्थित रहेका थीए। 

कार्यक्रममा सभापति, प्रमुख अतिथी,बिशेष अतिथीहरुले संयुक्तरुपमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थीए । कार्यक्रममा सल्लाहकार ईन्द्र प्रसाद पोखरेलले स्वागत मन्तब्य राखेका थिए भने सुरेश ग्याबा र दिल कुमार पाख्रीनले संयुक्तरुपमा संचालन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि श्रमसहचारी ज्ञानेन्द्र शर्मा, एनआरएनए कुवेतकी अध्यक्ष सुमित्रा पौडेल, पत्रकार महासंघका अध्यक्ष हरीकृष्ण न्यौपाने लगाएतले शुभकामना मन्तब्य दिएका थिए । समाजको सल्लाहकार सुरज मास्केले चितवन र चितवन समाजको बारेमा जानकारी गराएका थिए । उक्त कार्यक्रमका संयोजक चितवन समाज कुवेतका महासचिव जीवन कुमार बिश्वकर्मा रहेका थिए ।

कार्यक्रममा नेपालबाट आएकी अतिथि कलाकार नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि रमेश राज भट्टराई,र मेलिना राइले, कुवेतमा पनि धमका मच्चाएका थीए भने उक्त कार्यक्रममा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थीए।

कार्यक्रममा स्थानीय कलाकारहरु सोम रसाइली ,कुमार तमाङ, रमेश तामाङ, सुनिता तमाङ, अन्जु सुनुवार, शृजना पाण्डे लगाययले जोडदार प्रस्तुति दिएका थिए । उक्त कार्यक्रममा अमन एक्स्चेन्ज र  हिमाल रेमिट कम्पनी कुवेतले प्रायोजन गरेका थिए । समाजले विशेष योगदान गरेका ब्यक्तित्व र कलाकारलाई सम्मान गरेको थियो । नेपालबाट उपस्थित अतिथी कलाकार मेलिना राइ, र रमेश राज भट्टराईलाई, दोसल्ला ओढाएर मायाको चिनो सहित सम्मान गरिएको थियो भने किरात राई यायोख्खा कुवेत र अन्य थुप्रै संघ संस्थाहरुले पनि  मायाको चिनो र खादा र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रमको अन्त्यमा सभापति तथा समाजका अध्यक्ष नबिन लोप्चनले प्रमुख अतिथि, विशेष अतिथिहरु, अतिथिहरु, नेपालबाट उपस्थित अतिथि  कलाकार लगायत सहभागि सबैलाई धन्यवाद ब्यक्त गरेका थिए । कार्यक्रममा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पुर्ण सहयोगीहरु लाई पनि धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रतिकृयाहरू
...