Monday 12th January 2026

हरि कंडेलका केहि मुक्तकहरू


– हरि कंडेल

मुक्तक

अब जति गर्नु छ यहाँ रजाइँ गरे पनि गर सरकार ।
प्रहरी लगाएर मलाई कडाइ गरे पनि गर सरकार।।
गरीब दुखीका आवाज म बोल्न छोड्दै छोड्दिन ।
आतंककारी घोषणा मलाई गरे पनि गर सरकार ।।

मुक्तक

दिल भित्रकोचोट मैले लुकाउन सकिन ।
आँखाबाट बग्ने आँसु सुकाउन सकिन ।।
निष्ठुरीले मलाई छोडेर गएपछि सधैंलाई
निष्ठुरीको मायाको मूल्य चुकाउन सकिन ।।

मुक्तक

भोक भोकै मर्नु पर्छ भन्ने डर भए पछि ।
सरकार शोषक भगवान पत्थर भए पछि ।।
बाच्नु भन्दा मर्नु उत्तम ठान्यो किसानले
लगाएको अन्न बाली पुरै बगर भए पछि।।

मुक्तक

देखे मैले पराई संग रमाएर,हाम्रो सम्बन्ध तोडेर गयौं ।
मलाई दलदलमा फसाएर,तिमिले बाटो मोडेर गयौं ।।
आशु झार्दा मैले आँखाबाट,घात गर्नुको कारण सोध्दा
आफ्नो घर समाज देखाएर,मलाई एक्लै छोडेर गयौं।।

नोटः रचनाकार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत सम्वद्ध साहित्य सर्जक हुन् ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...