Sunday 2nd November 2025

बिरक्तिएको मन


छबिराम सुनार “निर्दोष”

 

जाडो यसै गर्मी भन्दा छैन कतै शितल ।
फूलबारी छैन यहाँ छैन बर पिपल ।।

पैसा भन्दै हाम फाल्यो ज्यान जान सक्छ।
भाको सबै गट्याम गुटुम पारी लान सक्छ।।

भ्रष्ट्राचार र महंगीले डुबाई दियो नेपाल।
दुःखै दुःख विदेशमा कर्मसंगै कपाल।।

बाध्यताले खाडी मुलुक टोलाउँदैछन् आँखा।
मलाई सम्झी रुँदै होलान गाउँका डाँडा पाखा।।

बल वैंश जोश जाँगर विदेशमा सबै।
बुढो ज्यान फर्केपछि के गर्नु र कठै।।

नोटः यस कविताका रचनाकार अलमुल्लाह मनी एक्सचेन्जमा कार्यरत छन्।

उनीसँग पैसाको रेटको बारेमा पनि सोध्न सक्नु हुन्छ।

फोन नम्बर- 55708445 ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा "आपसी एकता हाम्रो उद्देश्य, समृद्धी समाज निर्माण…

नेपालको आजको जुन स्थिति छ, एउटा अति नै गम्भीर अनि अति नै अप्ठ्यारो स्थितिमा नेपाल उभिएको छ । मलाई लाग्छ,…

यात्री समाज कुवेतले आयोजना गरेको देउसी- भैलो कार्यक्रम ले तिहारको अवसरमा समाजले नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै गीत-संगीत,…

प्रतिकृयाहरू
...