Sunday 2nd November 2025

कविताः लिलाम बिक्री


माधव पाैडेल “असल यात्री”

सरकार पहिले लिलाम गर
त्यसपछि बिक्री गर,
परदेशीको झिटी गुन्टा खोल
केलाउ एक एक गरेर ।
प्रायःको
बुबालाई भनी घडि होला
अामालाई साडी होला
छोराछोरी लाई खेलौना गाडी होला
रामेलाई श्यामेलाई राता बोतल होला
पुराना लत्ता कपडा होला
दुःखले अार्जेको केही मात्रा सुन होला
एक दुई सेट मोबाइल होला
छिटो जफत गर सरकार
छिट्टो घर जानू छ उनीहरुलाई
परिवार कुरिरहेका होलान्
गनथन गर्ने समय कोही संग छैन
अनि सामर्थ्य पनि ।
किन ?
झिटी गुन्टा मात्रै
लिलाम बिक्री गर्छौ
सस्तो ब्याजमा बन्धकी राखेको
गैरी खेत महंगो ब्याजको कारण
फुकुवा भएको छैन
अब त्यसलाई पनि
लिलाम बिक्री गर ।
बिदेश बाट झिटी गुन्टा मात्रै हो र
रातो बाकसमा दिनका दिन
लाशहरु पनि अाउछन् नि
अब ती बाकसहरु पनि जफत गर
लिलाम गर टेन्डर खोल ।
सम्बन्धित परिवार अबस्य पनि
खरिद गर्न अाउने छन्
अत्याधिक राजस्व संकलन हुन्छ
देश समृद्धि बनाउन टेवा पुग्छ
छिटो गर सरकार
लाशलाई पनि लिलाम बिक्री गर
परदेशीको झिटी गुन्टा लिलाम बिक्री गर
बन्धकी गैरी खेत पनि लिलाम बिक्री गर
बिक्री गर सरकार लिलाम बिक्री गर ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-पाल्पाको तानसेनमा जेनजी समुहको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।  “अब आवाज उठ्छ परिवर्तनका लागि, कर्म बोल्छ राष्ट्रका लागि” भन्ने…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सिरियाका लागि विशेष दूतले इजरायलले दक्षिणी लेबनानमा आक्रमण जारी राखेको बताएका छन् किनभने हिज्बुल्लाहसँग अझै पनि…

कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा "आपसी एकता हाम्रो उद्देश्य, समृद्धी समाज निर्माण…

प्रतिकृयाहरू
...