Sunday 19th April 2026

पत्रकार महासंघ युएईका अध्यक्ष पक्राउ


तीतोपाटी-नेपाल पत्रकार महासंघ, यूएई शाखाका अध्यक्ष भुपराज बस्याल पक्राउ परेका छन् । व्यवसायिक लेनदेन सम्बन्धी विवादमा उनलाई यूएई प्रहरीले पक्राउ गरेको हो ।

युएईमा व्यवसाय समेत गर्दै आएका बस्याल एक चिनियाँ नागरिकसँगको विवादपछि पक्राउ परेको पत्रकार महासंघ यूएई शाखाका सचिव मेघराज सापकोटाले पुष्टि गरेका छन् ।

उनले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘पक्राउ परेको बारे बुधबार जानकारी आएको छ ।’ सापकोटाका अनुसार ती चिनियाँ ग्राहकसँग लिनु पर्ने पैसा नदिएपछि सामान्य विवाद भएको थियो ।

घटनामा चिनियाँ नागरिकको कान्छी औँलामा चोट लागेको छ । पीडितले प्रहरीमा उजुरी गरेपछि त्यसबारे बुझ्न जाँदा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

महासंघ पदाधिकारीले अध्यक्ष बस्यालसँग सम्पर्क गर्दा समेत आफू यूएई बाहिर रहेको बताउने गरेका थिए । बस्यालसँग दुईसाता अघि सामाजिक सञ्जालमा सम्पर्क भएको सापकोटाले बताए । त्यसयता उनीसँग महासंघ पदाधिकारीको सम्पर्क भएको छैन ।

बस्यालले यहाँ काम गर्दै आएको कम्पनी उनका दाई दिपकको हो । हाल उनी कतारमा व्यवसाय गर्दै आएको जनाइएको छ ।

हाल कार्यबहाक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष लक्ष्मण खनाललाई दिइएको छ । व्यवसायिक कामले बाहिर जानुपर्ने कारण उल्लेख गरेर आफूलाई कार्यवहाकको जिम्मेवारी दिएको खनालले अनलाइनखबरलाई बताए ।

अध्यक्षको विषयमा बाहिर आएका घटनाका बारेमा महासंघले शुक्रबार कार्यसमितिमा छलफल गर्ने जनाएको

साभार-अनलाईनखबर


सम्बन्धित शीर्षकहरु

तितोपाटी-पाल्पाको माथागढी गाउँपालिका–२, रुप्सेस्थित पिपलडाँडा यतिबेला आन्तरिक पर्यटकलाई स्वागत गर्न नयाँ स्वरूपमा तयार भएको छ। प्राकृतिक दृश्यावलोकन, धार्मिक आस्था र…

मध्यपूर्वको तनावपूर्ण अवस्थाबीच इरान ले आफ्नो हवाई क्षेत्र पुनः खोल्दै विमानस्थलहरू क्रमशः सञ्चालनमा ल्याउन थालेको छ। केही दिनअघिसम्म सुरक्षा जोखिमका…

इरानले Strait of Hormuz हुँदै जाने व्यावसायिक जहाजहरूको आवतजावत खुला गर्ने घोषणा गरेको छ। यो निर्णय लेबनानसँग सम्बन्धित युद्धविराम अवधिसम्म…

प्रतिकृयाहरू
...