Friday 8th August 2025

राजदूतले राष्ट्रपतिसमक्ष सपथ लिनुपर्ने


तीतोपाटी-सरकारले नेपालको प्रतिनिधित्व गर्दै विभिन्न राष्ट्रमा जाने राजदूतले राष्ट्रपतिसमक्ष सपथ लिनुपर्ने ब्यवस्था गरेको छ ।

गत माघ १४ गते बसेको मन्त्रिपरिषदको बैठकले राजदूत नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गर्दै राष्ट्रपतिसमक्ष सपथ लिएर मात्रै जिम्मेवारी पाएका देशमा जानुपर्ने व्यवस्था गरेको हो ।

राजतन्त्रात्मक  व्यवस्थामा राजदूतहरुले राजासमक्ष सपथ लिने व्यववस्था थियो । नेपालमा राजतन्त्रको अन्त्यसँगै यो प्रचलन हटेको थियो । तत्कालिन राष्ट्रप्रमुखको हैसियतमा गिरजाप्रसाद कोइरालाले राजदूतलाई सपथ गराउने प्रचलन कायम राख्न खोजे पनि विरोध कारण रोकिएको परराष्ट्र मामिलाका नकारहरु बताउँछन् ।

‘जसले नियुक्ति गर्छ उसैसँग सपथ लिनु राम्रो हुन्छ’, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ भन्छन्, ‘सरकारको यो निर्णय उचित छ ।’

कतिपय देशमा राष्ट्रप्रमुखसँग सपथ लिने व्यवस्था रहेको उल्लेख गर्दै उनले नेपालले त्यसलाई अवलम्बन गर्नु स्वागतयोग्य रहेको बताए । ‘राजाको शासनपछि के गर्ने भन्ने अन्योल थियो । अहिले क्लियर भएको छ । अन्तर्राष्ट्रिय अभ्यास पनि राष्ट्रप्रमुखसँग सपथ लिएर जाने भन्ने नै छ’ उनले अनलाइनखबरसँग भने ।

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल पनि राष्ट्रको प्रतिनिधि भएर जाने राजदूतले राष्ट्रप्रमुखसँग सपथ लिनुपर्ने व्यवस्था उचित भएको बताउँछन् । सरकारले राजदूतको नाम सिफारिस गर्ने, संसदले सुनुवाई गर्ने र सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने प्रचलन छ ।

अबदेखि राष्ट्रप्रमुखसमक्ष सपथ पनि लिनुपर्ने हुन्छ । नेपालमा आउने राजदूतहरुले ओहोदाको प्रमाणपत्र राष्ट्रपति समक्ष नै पेस गर्ने चलन छ ।

साभार अनलाईनखबर


सम्बन्धित शीर्षकहरु

दिल्ली, अगस्ट ६ , भारतले चाँडै नै फिलिपिनी पर्यटकहरूलाई निःशुल्क ई-भिसा प्रदान गर्नेछ, जुन दुई देशहरू बीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ…

उत्तरी भारतको उत्तराखण्ड राज्यको पहाडी गाउँमा मंगलबार बाढीको पानीको बाढीले कम्तिमा चार जनाको मृत्यु भएको छ भने धेरै जना बेपत्ता…

लन्डन: बेलायतले मंगलबार सम्झौता अनुमोदन भएपछि केही दिनभित्रै साना डुङ्गाहरूमा फ्रान्स आइपुगेका केही आप्रवासीहरूलाई फिर्ता पठाउने सम्झौता कार्यान्वयन गर्न सुरु…

प्रतिकृयाहरू
...