Tuesday 20th January 2026

कम्युनिष्ट सरकार अब डाइनोसर जस्तै लोप हुन्छ : काग्रेस नेता रिजाल


तीतोपाटी-नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले अहिलेको कम्युनिष्ट सरकार डाइनोसर जस्तैगरी लोप भएर जाने दाबी गरेका छन् ।

बुटवल जेसीजको ४५ औं पदस्थापन समारोहलाई आज  साँझ सम्बोधन गर्दै नेता रिजालले प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री हुँदादेखि नै विधि र प्रकृया मिच्दै आएको उल्लेख गर्दै सदनमा पनि दुई तिहाईको दम्भ देखाउनु दुर्भाग्य रहेको बताए ।

प्रधानमन्त्री हुनका लागि संसदको सदस्य अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था भएपनि संसद सदस्यको रुपमा सपथ नलिँदै प्रधानमन्त्रीको सपथ लिएर संवैधानिक व्यवस्था कुल्चने काम गरेर विधि र प्रकृया मिच्न सुरुवात गरेको आरोप लगाए ।

सभामुखको भूमिका पार्टी निर्णय अनुसार काम गर्ने नभएको भन्दै उनले १ हजार ५ सयको हाराहारीमा रहेको नेप्से परिसूचक झरेर १ हजार २ सय भन्दा पनि कम भएको बताउँदै अहिले मुलुकमा लगानी गर्ने वातावरण छैन भन्ने पुष्टि भएको उल्लेख  गरे ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...