Tuesday 20th January 2026

अर्घाखाँचीमा, बाक्लो हिउँ परेपछि घर बाहिर निस्किन समस्या


बसन्त थापा- दुई दिनसम्म लगातार पानी परेपछि अर्घाखाँची जिल्लाको आधिकांस स्थानमा भारी मात्रमा हिमपात भएको छ । हिमपातको कारण स्थानीयहरुको जनजीवन प्रभावित बनेको छ ।

अर्घाखाँची लगायत उच्च पाहाडी जिल्लाहरुमा केही दिन देखी भारी हिमपात भैरहेको छ । पश्चिमी वायुको कारण भएको भारी हिमापत आज बिहानसम्म उच्च भागमा करीब दुइ फिट र सदरमुकाम आसपासमा एक फिट जति हिउ परेको छ । हिमपातले अत्यधिक चिसो बढेपछि बालबालिका र बृद्धबृद्धा बढि समस्यामा परेका छन् । अर्घाखाँची सहित उच्च पाहाडी जिल्लामा अझै एक दुइ दिन हिमपात हुन सक्ने अनुमान गरिएको छ। 

अर्घाखाँची स्थित बिभिन्न स्थानमा हिउँ परेको कारण हिउँसहितको फोटो खिच्न र खेल्न जानेहरुको घुइँचो लागेको छ । गएरातिबाट परेको पानीसँगै अर्घाखाँची संगै नरपानी सहित जिल्लाको उच्च स्थानमा रहेका पहाडी भागमा हिमपात भएको हो।

हिमपात र वर्षातका कारण चिसो बढे संगै अर्घाखाँची जिल्लाका, किसानहरु भने खुशी भएका छन यतिबेला परेको हिउँले गहुँ, जौ लगायतका अन्नबाली तथा ओखर लगायतका फलफूललाई राम्रो गर्ने बताइएको छ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...