Thursday 7th August 2025

काठमाडौंमा २१२ जनामा स्वाइन फ्लु, स्वास्थ्यकर्मी नै उपचार गर्न डराउदै


तीतोपाटी-काठमाडौँमा स्वाइन फ्लुको संक्रमण बढेको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टअनुसार पछिल्लो एक महिना (पुस १७ देखि माघ ८ सम्म)मा २१२ जनामा स्वाइन फ्लु देखिएको छ।

‘इनफ्लुएन्जा एच१एन१ पिडिएम०९’का २१२ जना बिरामी अस्पतालमा भर्ना भएका हुन्। ओम अस्पतालको आइसियुमा उपचारकै क्रममा सोमबार ४७ वर्षीया महिलाको मृत्यु भएको छ।

अर्का एक संक्रमितलाई एयरलिफ्ट गरेर भारत पठाइएको ओमका मेडिकल डाइरेक्टर केपी देवकोटाले बताए । स्वाइन फ्लुबाट बच्ने सही प्रबन्ध नहुँदा स्वास्थ्यकर्मीहरु नै बिरामीको उपचार गर्न डराउन थालेका छन्। यो खबर आवजको नयाँ पत्रिका दैनिकमा छ।


सम्बन्धित शीर्षकहरु

उत्तरी भारतको उत्तराखण्ड राज्यको पहाडी गाउँमा मंगलबार बाढीको पानीको बाढीले कम्तिमा चार जनाको मृत्यु भएको छ भने धेरै जना बेपत्ता…

लन्डन: बेलायतले मंगलबार सम्झौता अनुमोदन भएपछि केही दिनभित्रै साना डुङ्गाहरूमा फ्रान्स आइपुगेका केही आप्रवासीहरूलाई फिर्ता पठाउने सम्झौता कार्यान्वयन गर्न सुरु…

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवौं राष्ट्रिय एकता महाधिवेशन हिजो मिती ४ अगस्त २०२५ का दिन कुवेतको खैतान…

प्रतिकृयाहरू
...