Thursday 26th March 2026

हिमतुफानमा बेपत्ता भएका दाजुभाइमध्ये भाइ मृत फेला


तीतोपाटी- सोमबारदेखि लगातार परेको हिउँका कारण जुम्लामा एकको मृत्यु भएको छ । हिमतसफानमा परी दुई जना बेपत्ता भएपछि एक मृत अवस्थामा फेला परेका हुन् । जुम्ला जिल्लाको सिंजा गाउँपालिका–६ जोडुका २७ वर्षीय शिवचन्द्र बुढाको हिँउ परेको ठाँउमा कठ्याङ्ग्रिएर मृत्यु भएको हो ।

मृत्यु भएका बुढा आफ्ना दाईसँग पटमाराबाट राडीपाखी बेचविखन गर्न गाउँ जोडु जानेक्रममा नाकुल्ली लेकको हिमतुफानमा परेका थिए ।

तीव्र हिमतुफानका कारण दुबै भाई बेपत्ता भएका थिए । खोजीका क्रममा दाई घाइते अवस्थामा फेला परेका थिए भने मृत बुढा दुई फिट भन्दा बढी हिउँ परेको ठाँउबाट मृत अवस्थामा फेला पारिएका हुन् ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

प्रतिकृयाहरू
...