Sunday 12th April 2026

अफगानिस्तानमा भएको तालीवान विद्रोहीको आक्रमणमा मर्नेको संख्या १२६ पुग्यो


तितोपाटी – अफगानिस्तानको मैदान वार्दक प्रान्तमा तालिवान विद्रोहीको आक्रमणमा सयभन्दा बढी सुरक्षाकर्मी मारिएका छन् । रक्षा मन्त्रालयका एक अधिकारीका अनुसार सोमबार सैनिक तामिम केन्द्रमा तालिवान विद्रोहीले आक्रमण गरेका हुन् । मन्त्रलायका अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘सैनिक तालिम केन्द्रमा गरिएको आक्रमणमा हामीले १२६ को ज्यान गएको सूचना पाएका छौं ।’

अधिकारीका अनुसार आक्रमणकारीले सैनिक जाँच केन्द्रबाट विस्फोटक सामग्रीसहितको कार जर्बजस्ती नेसनल डाइरेक्टोरेट अफ सेक्युरिटी (एनडीएस) को हाताभित्र प्रवेश गराएका थिए । कार बम विस्फोट गरेलगत्तै दुई बन्दुकधारीले तालिममा सहभागी दर्जनौं सैनिकलाई गोली हानी मारेका थिए । रक्षा मन्त्रालयका अनुसार विद्रोहीले अमेरिकामा बनेको बुलेटप्रुफ गाडीको प्रयोग गरेका थिए ।

एक प्रान्तीय अधिकारीले पनि आक्रमणमा सयभन्दा बढीको मृत्यु भएको पुष्टि गरे । उनले भने, ‘निकै ठूलो विस्फोटमा सयभन्दा बढी सुरक्षाकर्मी मारिएको एनडीएस अधिकारीले बताएका छन् ।’ मैदान वार्दक प्रान्तका एक अधिकारीले ‘अस्पतालमा ३५ शव देखेको’ बताए । ‘निकै ठूलो विस्फोटका कारण भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।’

सरकारका प्रवक्ताले घटनाबारे प्रतिक्रिया दिन अस्वीकार गरे । सरकारले यसअघि १२ जनाको मृत्यु भएको उल्लेख गरेको थियो ।
घटनाको तालिवानले जिम्मेवारी लिएको छ । अफागानिस्तामा सन् २०१५ यता तालिवा तथा इस्लामिक स्टेटले गरेको आक्रमण २८ हजार सुरक्षाकर्मीको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...