Sunday 19th May 2024

कर्णाली क्षेत्रमा भारी हिमपात, तापक्रम माइनस ८ डिग्री पुग्यो, हवाइ तथा यातायात सेवा ठप्प, जनजीवन प्रभावित


तितोपाटी – सुदूरपश्चिम क्षेत्रका पहाडी जिल्लामा भारी हिमपातका कारण दैनिक जिवन असहज बनेको छ । त्यहाँ  आज पनि हिमपात भइरहेको छ । हिमपात र अविरल बर्षाले कर्णालीको जनजीवन प्रभावित बनेको छ। कर्णालीका हिमाली जिल्लामा हिमपात भएपछि जनजीवन प्रभावित बनेको हो। सोमबार मध्यरातीबाट हिमपात र बर्षा भएको छ। लामो समयपछि परेको हिमपात र वर्षाका कारण चिसो बढेको छ।

कर्णालीको कालिकोट, जुम्ला, मुगु, हुम्ला, डोल्पालगायतका अन्य जिल्लामा हिमपात र पानी परेको छ। कालिकोटमा हिमपात हुनुका साथै पानी पनि परेको छ। हिमपात र अविरल परेको पानीले बालबालिका, वृद्धवृद्धालाई चिसोले सताएको छ। बालबालिका र वृद्धवृद्धालाइ न्यानो कपडाले सुरक्षित गर्नुपर्ने स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।

हुम्ला मुगु र जुम्लामा पनि भारी हिमपात भएको छ। हिमपातले विभिन्न स्थान र डाँडाकाँडा सेताम्य भएका छन्। हिमपातका कारण जाडो बड्नुका साथै कर्णालीको जनजीवन कष्टकर बनेको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाकारी दिएको छ।

कर्णालीको उच्च पहाडी जिल्लामा अधिकांश बस्ती हिउँले ढाकिएका छन्। कालिकोटका लेकाली गाउँमा हिउँ जमेको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए। त्यस्तै हुम्लाको सिमकोटमा डेड फिट हिँउ जमेपनि उत्तरी क्षेत्रका बस्तीमा तीन फिटभन्दा बढी हिउँ जमेको जिल्ला प्रशासन हुम्लाले बताएको छ। हिमपात र अविरल वर्षाका कारण विद्युत आपुर्तीमा समेत समस्या आएको छ। सिमकोटमा हिउँ डेड फिट हिउ जमे पनि उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिको मुचु, लिमी, यारी गाउँमा भने तीन फिटभन्दा बढी हिउँ जमेको बताइएको छ। हिमपातका कारण नाम्खा गाउपालिकाका सबै बस्ती सम्पर्कविहीन भएका छन्। हिमपातसँगै सिमकोटको तापक्रम माइनस आठ डिग्री सेल्सियस भएको छ। चिसोले गर्दा घरबाट निस्कन समेत समस्या भएको छ। दक्षिण क्षेत्रमा रहेको केही स्थानमा वर्षा भएकोे पनि भएको छ।

हिमपातसँगै कर्णालीको उच्च भागमा तापक्रम माइनस ८ डिग्री सेल्सियस आएको मौसमविदले जानकारी दिएका छन्। हिमपात भएको ठाउँमा पिउने पानी समेत चिसोले जाम भएको छ। हिमपातले नेपालगन्ज र सुर्खेतबाट जुम्ला, मुगु र हुम्लामा उडान हुने हवाइ सेवा समेत बन्द भएका छन्। हिउँ परेको स्थानमा धाराका पानी जमेको छ। पानी जम्दा स्थानीयहरुलाई खानेपानीको समस्या भएको छ। हिमपातले नेपालगन्ज र सुर्खेतबाट उडान हुने हवाइ सेवा समेत बन्द भएका छन। हिमपात भएसंगै चैत महिनामा हुने एसइईको तयारी गरिरहेका विद्यार्थीलाई भने कोचिङ्ग कक्षा लिन समस्या भएको शिक्षकहरु बताउँछन्। विद्यर्थी माइकल बोहराले भने,‘ हिमपातले पढाईमा समस्या भएको छ।’ चिसोले कक्षा कोठामा पनि बस्न नसकिने स्थिति बनेको छ।

लामो समयपछि हिमपात र पानी आउदा किसान भने खुशी देखिएका छन्। खडेरी हिउँदे वालीमा निकै संकट ल्याएको थियो। पानी पर्दा किसानलाई राहत भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ। हिमपात र पानीले गरि खाने आसा पलाएको रास्कोट नगरपालिका २ का परि न्यौपानेले बताए।

डडेल्धुरा जिल्लाअन्तर्गत पर्ने भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, साउँ खर्क, भत्कडाँ, स्याउले बजारलगायत क्षेत्रमा करीब चार इन्च बाक्लो हिउँ जमेको छ । जसका कारण दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, डोटी, अछाम र बाजुराको मुख्य राजमार्ग मानिने भीमदत्त राजमार्गमा सोमबार रातिदेखि यातायात सेवा चल्न सकेको छैन् । राजमार्गमा जमेको हिउँ हटाउन डोटीको बूडरबाट डोजर मगाइ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा राजमार्गको हिउँ हटाउने र सडक खुलाउने तयारी भइरहेको छ ।

#Nepalese in Kuwait #कोसेलीन्यूज #News of Nepal #Nepalese news from Kuwait


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...