Saturday 1st August 2026

प्रधानमन्त्री ओलीद्वारा चोभारमा सुक्खा बन्दरगाहको सिलान्यास


तितोपाटी – प्रधानमन्त्री केपी शर्मा ओलीले आज  कीर्तिपुर नगरपालिकास्थित चोभारमा  सुख्खा बन्दरगाहाको शिलान्यास गरेका छन्। साविक हिमाल सिमेन्ट  कारखानाको चोभारस्थित ११.७७ हेक्टर जग्गामा बन्दरगाहा निर्माणको शिलान्यास गरिएको हो।

प्रधानमन्त्री ओलीले यो बन्दरगाहा निर्माण भएपछि काठमाडौंका लागि उपभोग्य बस्तुको अभाव नहुने बताए। दक्षिणबाट आउने रेल र उत्तरबाट आउने रेलले ल्याउने सामानको भण्डारण कक्षको रुपमा यो बन्दरगाहा उपयोग हुने प्रधानमन्त्री ओलीले बताए। ओलीले देश तीव्र विकाको गतिमा अघि बढ्ने बताउँदै सरकारका एक वर्ष कानुन निर्माण र अन्य तयारीमा बितेको बताए।

“संविधान थियो कानुन थिएन। त्यसले गर्दा एकवर्ष हामीले कानुन बनाउने काममा बितायौं। हामीले अब काम गर्ने वातावरण बनाएका छौं। अब देश तीव्र गतिमा अघि बढ्छ,” ओलीले भने। बन्दरगाह निर्माणले स्थानीयबासीका लागि रोजगारीका धेरै अवसर सृजना हुने ओलीले बताए।

“यहाँ बन्दरगाहा निर्माणले रोजगारीका धेरै अवसर सृजना गर्छ। यातायाले यस ठाउँलाई विभिन्न ठाउँसँग जोड्छ,” ओलीले भने, “स्थानीयबासीका केही गुनासा र भनाइ भए सम्बन्धित निकायमा जानकारी गराउनुहोस्। सरकारले सकारात्मक ढंगले लिनेछ” ओलीले भने।

ओलीले निर्माण कम्पनीलाई समयमै काम सक्न आग्रह गरे। “तोकिएको मितिमा काम सम्पन्न गर्नुहोस्। गुणस्तरमा सम्झौता नगर्नुहोस्,” ओलीले भने। बन्दरगाहा १ अर्व,४८ करोड ३४ लाखको लागतमा निर्माण हुँनेछ।


सम्बन्धित शीर्षकहरु

मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन्। ललितपुरस्थित द प्लाजामा शनिबार सम्पन्न फाइनल प्रतियोगितामा २३ प्रतिस्पर्धीलाई पछि पार्दै…

क्रेनमा रुसको पछिल्लो हवाई आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु र ३० घाइते, जसमा ४ बालबालिका पनि छन्। राजधानी किभसहित ड्निप्रो,…

करिब ६०,००० आप्रवासी मोरक्कोबाट स्पेनी भूभाग स्यूटा प्रवेश गरेपछि स्पेनले सीमा नियन्त्रण पुनःस्थापित गरेको छ। स्पेनी गृहमन्त्री फर्नान्डो ग्रान्डे–मार्लास्काले मृत्यु…

प्रतिकृयाहरू
...