Sunday 7th July 2024

प्रदेश २ का मन्त्रीले आफुले शिफारिस गरेको गैससलाइ कार्यक्रम नदिएको भन्दै सचिवलाइ कुटे


तितोपाटी – प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले उद्योग पर्यटन तथा वन मन्त्रालयका सचिवलाई झापड हानेका छन् । आफुले भनेको गैरसरकारी संस्थालाई कार्यक्रम नपारेको भन्दै प्रदेश नम्बर २ का मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर आफुलाई थप्पड हानेको उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव विद्यानाथ झाले आरोप लगाएका छन् ।

आईतबार दिउँसो ३ बजे अर्थमन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर गरिबी निवारण कोषको कार्यक्रम आफुले भनेको गैरसरकारी संस्थालाई नदिएको आरोपमा आफुलाई कुटपिट गरेको गुनासो पोखे । तर मन्त्री यादवले भने आफुले कसैलाई नकुटेको बरु उल्टै आफुलाई दुव्र्यवहार गरेको आरोप लगाए । कुटाई खाएका सचिव झाको गाला भने सुन्निएको देखिन्छ । यता थप्पड खाएका सचिव झालाई जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले नियन्त्रणमा लिएको छ  ।

सचिव झालाई थप्पड हानेको समयमा प्रदेश २ का सभामुख सरोजकुमार यादव समेत सोही ठाउँमा उपस्थित थिए । मन्त्री यादव संघीय समाजवादी फोरम नेपालबाट प्रदेश २ सरकारमा मन्त्री भएका हुन् । आर्थिक मामिला तथा योजना मन्त्रालयमा बजेटको पुनरावलोकनको काम चलिरहेको समयमा मन्त्रालयको अन्तिम बजेट ड्राफट पठाउने विषयमा विवाद हुँदा मन्त्री र सचिवबीच कुटाकुट भएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयमा बजेटको अन्तिम ड्राफट पठाउने विषयमा मन्त्री यादवले पटक–पटक ताकेता गरेपनि समयमै ड्राफट नपाठएका कारण भनाभन हुँदा कुटपिट भएको श्रोतको दाबी छ । मन्त्री विजय यादवमाथि वन मन्त्रालयका सचिव विद्यानाथ झाले आक्रमण गर्ने प्रयासको क्रममा कुटपिट भएको श्रोतको दाबी छ ।

उता, मन्त्री यादवले सचिव झाले आफुमाथि दुव्र्यवहार गरेको आरोप लगाएका छन् । मन्त्रालयका सचिव झाले मन्त्री यादवलाई मन्त्रालय भेट्न जाँदा शिष्टाचार विपरित व्यवहार प्रर्दशन गरेपछि मन्त्री यादवले आपत्ति जनाएका थिए । आपत्ति जनाएलगत्तै सचिव झा मन्त्रीमाथि जाई लाग्ने प्रयास गरेको मन्त्री यादवले खुलासा गरे ।

मन्त्री यादवले आफूले नकुटेको दाबी गरे । सचिव झाले प्रदेशका सभामुख र अर्का एकजना मन्त्रीको अगाडी ‘म लोकल हुँ’ मन्त्रीको टुप्पी उखालिदिन सक्छु  भन्दै गाली गरेको मन्त्री यादवले बताए । आफ्नो पदिय मर्यादा विपरित चर्को स्वरमा बोल्दै उनी कोठाबाट निस्किएको उनको भनाई छ ।

मन्त्रीको कार्यकक्षमा सभामुख सरोजकुमार यादव तथा प्रदेश सांसद उपेन्द्र महतो समेतको उपस्थितिमा सचिव झाले शिष्टाचार विपरित व्यहार प्रर्दशन गरेपछि परिस्थिति असहज बनेको उनको आरोप छ ।

गरिबी निवारण अन्तर्गतको उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको पीडित सचिव झाले आरोप लगाए । सचिव झाले मन्त्री यादवले आफुमाथि कार्यकक्षमा हातपात गरेको आरोप लगाएका छन् । विवाद पछि सचिव झा प्रहरी नियन्त्रणमा छन् ।

सचिव झालाई यसअघि महोत्तरी जिल्लाको जिल्ला वन अधिकृत हुँदा स्थानीयले कालोमोसो समेत दलेका थिए । यसअघि सचिव झा कर्णाली प्रदेशको उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयमा पनि विवादमा परेका थिए ।

वातावरण मन्त्री नन्द बुढाले आफूलाई नटेरेको भन्दै सचिव झालाई गत जेठ महिनामा केन्द्रको वन तथा वातावरण मन्त्रालयमा फिर्ता गरिदिएका थिए । केही समय वन अनुसन्धान तथा तालिम केन्द्रमा उप–महानिर्देशक समेत भैसकेका  झा गत असोजमा प्रदेश २ को मन्त्रालयको सचिवमा सरुवा भएका थिए ।


सम्बन्धित शीर्षकहरु

आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। आइतबार सुनको मूल्य तोलामा एक हजारले बढेर तोलाको १ लाख ४५ हजार…

सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ। आइतबार बिहान ९ बजे सप्तकोशीमा जलसतहले खतराको तह पार गरेपछि ५६ वटै ढोका…

कुवेतमा घरेलु कामदारले जुलाई १४ देखि आफ्नो भिसा निजी क्षेत्रमा परिवर्तन गर्न सक्ने भएका छन्। यो अवधि सेप्टेम्बर १२ सम्म…

प्रतिकृयाहरू
...