Sunday 25th October 2026

रूस र युक्रेनबीच भीषण आक्रमण, १० जनाको ज्यान गयो


रूस र युक्रेनबीच पछिल्लो २४ घण्टामा भएका आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्।

रूसी आक्रमणबाट युक्रेनका जापोरिझ्झिया र सुमी क्षेत्रमा ४ जनाको ज्यान गएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले आक्रमण थप तीव्र बनाएको आरोप लगाएका छन्।

यता, युक्रेनी ड्रोन आक्रमणमा रूसको क्रास्नोडार क्षेत्रमा ३ जना र रूसको नियन्त्रणमा रहेको जापोरिझ्झिया क्षेत्रमा थप ३ जनाको मृत्यु भएको रूसी अधिकारीहरूले बताएका छन्।

यसैबीच, युक्रेनले रूसका तेल प्रशोधन तथा औद्योगिक केन्द्रहरूमा ड्रोन आक्रमण जारी राखेको छ। जेलेन्स्कीले क्रास्नोडारस्थित इल्स्की तेल प्रशोधन केन्द्रलाई निशाना बनाइएको जानकारी दिएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्की र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सहमति भएर युद्ध अन्त्य हुने आशा व्यक्त गरेका छन्। तर दुवै पक्षले एकअर्कालाई शान्ति वार्तामा बाधा पुर्‍याएको आरोप लगाइरहेका छन्।


सम्बन्धित शीर्षकहरु

भारतको अरुणाचल प्रदेशमा प्रस्तावित विशाल जलविद्युत् आयोजना विरुद्धको आन्दोलन हिंसात्मक बनेपछि सुरक्षा अवस्था तनावपूर्ण भएको छ। चीनसँग सीमा जोडिएको हिमालय…

आगामी बिहीबारदेखि देशभर मौसममा बदली भई तीनदेखि चार दिनसम्म वर्षा हुन सक्ने सम्भावना देखिएको छ। मौसमसम्बन्धी विश्लेषणअनुसार बंगालको खाडीबाट विकसित…

जर्मनीको बाभारिया राज्यस्थित ऐतिहासिक केल्स्टाइनहाउस (Eagle’s Nest) भवनमा शुक्रबार राति भीषण आगलागी भएको छ। दोस्रो विश्वयुद्धका समयमा नाजी नेता एडोल्फ…

प्रतिकृयाहरू
...