Sunday 27th September 2026

रूस र युक्रेनबीच भीषण आक्रमण, १० जनाको ज्यान गयो


रूस र युक्रेनबीच पछिल्लो २४ घण्टामा भएका आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्।

रूसी आक्रमणबाट युक्रेनका जापोरिझ्झिया र सुमी क्षेत्रमा ४ जनाको ज्यान गएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले आक्रमण थप तीव्र बनाएको आरोप लगाएका छन्।

यता, युक्रेनी ड्रोन आक्रमणमा रूसको क्रास्नोडार क्षेत्रमा ३ जना र रूसको नियन्त्रणमा रहेको जापोरिझ्झिया क्षेत्रमा थप ३ जनाको मृत्यु भएको रूसी अधिकारीहरूले बताएका छन्।

यसैबीच, युक्रेनले रूसका तेल प्रशोधन तथा औद्योगिक केन्द्रहरूमा ड्रोन आक्रमण जारी राखेको छ। जेलेन्स्कीले क्रास्नोडारस्थित इल्स्की तेल प्रशोधन केन्द्रलाई निशाना बनाइएको जानकारी दिएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्की र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सहमति भएर युद्ध अन्त्य हुने आशा व्यक्त गरेका छन्। तर दुवै पक्षले एकअर्कालाई शान्ति वार्तामा बाधा पुर्‍याएको आरोप लगाइरहेका छन्।


सम्बन्धित शीर्षकहरु

पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदीको बाढी बस्तीमा पसेपछि करिब ८० वटा घर बगेका छन्। शनिबार रातिदेखि बाढी बस्तीमा पस्न…

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आइतबार बिहान प्रहरीले महाराजगञ्जस्थित निवासबाट साथमा लगेको छ । यससँगै हाल मिडियामा यो विषयले चर्चा पाएको…

पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा २५ वटा घर बगेका छन्। आइतबार बिहान करिब ८ बजे…

प्रतिकृयाहरू
...