Tuesday 13th October 2026

बडीमालिकामा पहिलोपटक नेपाल टेलिकमको 4G सेवा सञ्चालन


भौगोलिक रूपमा विकट भए पनि डिजिटल पहुँचबाट टाढा नरहने उद्देश्यसहित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा नेपाल टेलिकमको 4G टेलिफोन तथा इन्टरनेट सेवा सञ्चालनमा आएको छ। समुद्री सतहबाट ४,२०० मिटरभन्दा बढी उचाइमा र सडक पहुँचसमेत नभएको बडीमालिका अब डिजिटल सञ्जालमा जोडिएको हो।

बडीमालिकाको लौरीविनायकमा टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो। करिब एक महिनाको निरन्तर प्रयासपछि नेपाली सेनाको हेलिकप्टरमार्फत आवश्यक उपकरण ढुवानी गरी नेपाल टेलिकमको प्राविधिक टोलीले कठिन उच्च हिमाली भूगोलमा टावर निर्माण गरेको हो।

नयाँ सेवाबाट बडीमालिका क्षेत्रका स्थानीयवासी, तीर्थयात्री तथा पर्यटकलाई परिवारसँग सम्पर्क गर्न, सूचना आदानप्रदान गर्न तथा आपत्कालीन अवस्थामा आवश्यक सहायता लिन सहज हुने अपेक्षा गरिएको छ। यसले विकट क्षेत्रमा सञ्चार पहुँच विस्तारसँगै सुरक्षा र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्नेछ।

यस वर्षको जनैपूर्णिमा तथा बडीमालिका मेलाका क्रममा 4G सेवाले तीर्थयात्रीलाई थप सहजता प्रदान गर्ने विश्वास गरिएको छ। आस्था, प्राकृतिक सौन्दर्य र प्रविधिको संगम बनेको बडीमालिकामा सञ्चार सेवा विस्तारसँगै सरकारले देशका दुर्गम क्षेत्रसम्म गुणस्तरीय डिजिटल पहुँच पुर्‍याउने प्रतिबद्धतालाई थप अघि बढाएको छ।


सम्बन्धित शीर्षकहरु

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

प्रतिकृयाहरू
...