Wednesday 14th October 2026

पाकिस्तान–टर्की–साउदी सुरक्षा सम्झौता इरानविरुद्ध होइन


इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले पाकिस्तान, टर्की र साउदी अरबबीच भएको त्रिपक्षीय सुरक्षा सम्झौता इरानविरुद्ध लक्षित नभएको बताएका छन्।

बकाईले भनेका छन्, “हामीलाई लाग्छ, टर्की, पाकिस्तान र साउदी अरबबीच भएको सम्झौता इरानविरुद्ध होइन।”

पाकिस्तान, टर्की र साउदी अरबबीच भएको यस त्रिपक्षीय सुरक्षा सम्झौतालाई ‘मक्का सन्धि’ भनेर चिनिन्छ। सम्झौताअनुसार तीनमध्ये कुनै एक देशमाथि भएको हमला तीनै देशमाथिको हमला मानिनेछ।

बीबीसी फारसीका अनुसार, बकाईले इरानविरुद्ध उक्त सम्झौता प्रयोग हुने चिन्ता गर्नुपर्ने कुनै कारण नरहेको बताएका छन्।

साप्ताहिक पत्रकार सम्मेलनमा उनले क्षेत्रीय मुलुकहरूको सुरक्षा धारणामा परिवर्तन आएको संकेत गर्दै भने, “देशहरू अब अमेरिकाले दिँदै आएको सुरक्षा प्रत्याभूतिमाथि मात्र भर पर्न नसकिने निष्कर्षमा पुगेका छन्।”

होर्मुज जलडमरूमध्यबारे बकाईले भने, नौसैनिक नाकाबन्दी तथा समझदारीका अन्य उल्लंघनहरू जारी रहेसम्म होर्मुजलाई सुरक्षित बनाउने आवश्यक अवस्था सिर्जना भएको छैन।

यसअघि इरानी विदेशमन्त्री अब्बास अराघ्चीले आइतबार अमेरिकाले आफ्ना प्रतिबद्धता उल्लंघन गरिरहेसम्म वार्ता पुनः सुरु गर्न सम्भव नरहेको बताएका थिए।

यता, इरानी विदेश मन्त्रालयका प्रवक्ताले सोमबार अराघ्ची र इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफलाई पाकिस्तान भ्रमणको निमन्त्रणा प्राप्त भएको जानकारी दिएका छन्। उनका अनुसार परिस्थितिहरू अनुकूल भएपछि उक्त भ्रमण हुन सक्नेछ।


सम्बन्धित शीर्षकहरु

श्रीलङ्काली आप्रवासी कामदार अनोजन सिवारासाको मृत्युदण्ड खारेज, रिहाइबारे भने अझै स्पष्टता छैन रियाद/कोलम्बो, १४ अक्टोबर। साउदी अरबको सर्वोच्च अदालतले फेसबुकमा…

भारतीय गृहमन्त्री अमित शाह र नेपाली गृहमन्त्री सुधन गुरुङबीच नयाँदिल्लीमा भेटवार्ता बिम्स्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै गुरुङको सहभागिता,…

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

प्रतिकृयाहरू
...