Saturday 21st March 2026

अमेरिकी आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिए


Donald Trumpले इरानका सर्वोच्च नेता Ali Khamenei मारिएको दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै ट्रम्पले खामेनीको मृत्यु इरानी जनता र विश्वका लागि ‘न्याय’ भएको बताएका छन्। उनले खामेनीलाई ‘इतिहासकै सबैभन्दा दुष्ट व्यक्तिमध्ये एक’ भन्दै उनको अन्त्यबाट इरानी, अमेरिकी तथा विश्वभरका नागरिकहरूलाई राहत मिल्ने उल्लेख गरेका छन्।

ट्रम्पका अनुसार अमेरिकी गुप्तचर निकायले इजरायलसँग समन्वय गरी अत्याधुनिक ट्र्याकिङ प्रणाली प्रयोग गर्दै खामेनीलाई पछ्याएको थियो। उनले इरानी जनतालाई “आफ्नो देश फिर्ता लिने यो उपयुक्त अवसर” भएको बताएका छन्।

यस विषयमा इरान सरकारका तर्फबाट भने आधिकारिक पुष्टि वा प्रतिक्रिया सार्वजनिक भएको छैन। स्वतन्त्र स्रोतबाट पनि खामेनीको मृत्यु सम्बन्धी दाबी पुष्टि भइसकेको छैन।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...