Thursday 23rd July 2026

साउदी अरबमा विश्व रक्षा प्रदर्शनी सुरु


साउदी अरबका रक्षामन्त्री तथा युवराज खालिद बिन सलमानले राजधानी रियादमा ‘विश्व रक्षा प्रदर्शनी (World Defense Show – WDS 2026)’ को तेस्रो संस्करणको औपचारिक उद्घाटन गरेका छन्। यो प्रदर्शनी फेब्रुअरी १२ सम्म चल्नेछ।

यस प्रदर्शनीको खास विशेषता भनेको २,७०० मिटर लामो रनवे हो, जहाँ लडाकु विमान, ड्रोन र अन्य सैन्य उपकरणहरूको प्रत्यक्ष प्रदर्शन (Live Demonstration) गरिँदैछ।

 

यो प्रदर्शनी किन महत्त्वपूर्ण छ ?

-साउदी अरब आफूलाई क्षेत्रीय सैन्य शक्ति का रूपमा स्थापित गर्न चाहन्छ

-आधुनिक हतियार, ड्रोन, मिसाइल प्रविधि र रक्षा प्रणाली देखाएर विश्वलाई आफ्नो क्षमता देखाउने प्रयास हो

-विदेशी रक्षा कम्पनीहरूलाई आकर्षित गरी हथियार उत्पादन र प्रविधि साउदीमै विकास गर्ने योजना को हिस्सा हो

 

‘रक्षाको भविष्य’ भन्नाले के बुझिन्छ ?

-आर्टिफिसियल इन्टेलिजेन्स (AI) आधारित हतियार

-ड्रोन युद्ध प्रणाली

-साइबर सुरक्षा

-स्वचालित सैन्य उपकरण

जस्ता भविष्यका युद्ध प्रविधिहरू प्रदर्शन गरिन्छन्।

विश्व रक्षा प्रदर्शनी साउदी अरबका लागि केवल एउटा अन्तर्राष्ट्रिय कार्यक्रम मात्र होइन, यो रणनीतिक सन्देश पनि हो। साउदी अरब आफूलाई केवल तेल उत्पादक देशको रूपमा होइन, आधुनिक सैन्य शक्ति र रक्षा प्रविधिको केन्द्र का रूपमा स्थापित गर्न चाहन्छ।

क्षेत्रीय सन्देश

मध्यपूर्वमा इरान, इजरायल र विभिन्न गैर(राज्य सशस्त्र समूहहरूबीच तनाव जारी रहँदा, यो प्रदर्शनी साउदीको तर्फबाट एक स्पष्ट सन्देश हो— “हामी सुरक्षा र सैन्य क्षमतामा कमजोर छैनौं।”

प्रदर्शनीमा देखाइने ड्रोन, (AI) आधारित प्रणाली, साइबर सुरक्षा र स्वचालित हतियारहरूले संकेत गर्छन् कि साउदी अरब भविष्यको युद्ध तयारी मा गम्भीर रूपमा लागेको छ।


सम्बन्धित शीर्षकहरु

युरोपमा बढ्दो सुरक्षा चुनौतीका बीच जर्मनीले आफ्नो हवाई प्रतिरक्षा क्षमतालाई अभूतपूर्व रूपमा सुदृढ बनाउने निर्णय गरेको छ। त्यसका लागि उसले…

भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको सुरुङभित्र भएको भीषण मिथेन ग्यास विस्फोटपछि मृत्यु हुनेको संख्या २० पुगेको…

अफ्रिकी राष्ट्र बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। यसपटक उनको नयाँ मोर्चा कुनै…

प्रतिकृयाहरू
...