Sunday 18th January 2026

पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन


तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत नयाँ समिति चयन गरेको हो । त्यस्तै कार्यकारी उपाध्यक्षमा जेसी गणेश पन्थी र जेसी सतिसराज शाक्य, उपाध्यक्षमा जेसी प्रकाश कार्की,जेसी सुनिल पंगेनी,जेसी दुस्यान्त भण्डारी, जेसी नि­जाम दिन मियाँ रहेका छन्। यस्तै जनसम्पर्क अधिकारीमा जेसी पवन कुंवर र सचिवमा जेसी बालकृष्ण बस्याल रहेको निर्वाचन अधिकृत तथा वर्ष २०२१ का अध्यक्ष जेसी राजिव श्रेष्ठले जानकारी दिए ।

अधिवेशनको प्रमुख अथिति एबम जेसीज २०१६ का अध्यक्ष जेसी रिलनमान महर्जनले कार्यक्रमको उद्घाटन गर्दै महेश खनाल नेतृत्वको नयाँ समितिलाई बधाई दिदै वर्ष २०२५का अध्यक्ष विवेक काजी शाक्य नेतृत्वको समितिलाई हार्दिक आभार व्यक्त गरे । उनले जेसीजको उद्देश्य र भावना अनुसार काम गर्न नयाँ नेतृत्वलाई आग्रह गरे । कार्यक्रममा पाल्पा जेसीसका संस्थापक अध्यक्ष जेसी छत्रराज शाक्यले समाज र राष्ट्रको विकासका लागि युवाहरु एक भएर अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता भएको बताए । २०२४ का अध्यक्ष अर्जुन कार्कीले युवाहरूलाई थप सक्रिय बनाउँदै समाज, राष्ट्रको विकास र जेसीजको नयाँ उचाइलाई थप सशक्त पार्दै लैजान नयाँ नेतृत्वलाई आग्रह गरेका थिए ।
नव निर्वाचित अध्यक्ष खनालले वर्ष २०२६ का लागि समिति चयन गर्न र शाखालाई आजको अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत दिए । उनले जेसिज वर्ष २०२६ लाई नेतृत्व र व्यक्तित्व विकास गर्न विभिन्न रचनात्मक कार्यक्रम गरी शाखालाई क्रियाशिल गराइराख्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रम वर्ष २०२५ का अध्यक्ष विवेक काजी शाक्यको अध्यक्षता, कार्यकारी उपाध्यक्ष जेसी विजय कार्कीको स्वागत मन्तव्य तथा महासचिव जेसी गणेश पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो । पाल्पा जेसीज १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूद्वारा सञ्चालित एक अन्तर्राष्ट्रिय संस्था हो, जसले युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकाससँगै सामाजिक कार्यमा निरन्तर सक्रिय भूमिका खेल्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...