Tuesday 10th February 2026

प्रथम अधिवेशनसँगै युवा शक्ति कुवेतमा नयाँ नेतृत्व : अध्यक्षमा विशाल डल्लाकोटी


कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नारासहित युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन युवा शक्ति कुवेतका अध्यक्ष महेश लामाको सभापतित्वमा सम्पन्न भयो।

कार्यक्रममा नेपाली दूतावास कुवेतका द्वितीय सचिव शिव बानियाँ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। विभिन्न भातृ–संगठनका प्रतिनिधि, मिडियाकर्मी तथा संघ–संस्थाका प्रतिनिधिहरू विशेष अतिथि र अतिथि भएर सहभागी भएका थिए। आयोजकका अनुसार, संघ–संस्थाहरूको उपस्थिति भने अपेक्षाकृत कम देखिएको थियो।

कार्यक्रमको उद्घाटन राष्ट्रिय गान, दिप प्रज्वलन तथा केक काटेर गरिएको थियो। कार्यक्रम संचालन हरी बानियाँले गरेका थिए भने स्वागत मन्तव्य युवा शक्ति कुवेतका सचिव मदन चापागाईले प्रदान गरेका थिए।

स्वास्थ्य क्षेत्रमा कार्यरत चेलीबाट सामूहिक नृत्य समेत प्रस्तुत गरिएको थियो। जसमा गाेमा श्रेष्ठ ,मोती तामाङ पूजा तामाङ पुनम राई  शाेभा श्रेष्ठ  टेरिसा तामाङ  रुबी यादव  थियो। त्यस्तै अर्को उत्कृष्ट नाच  सुष्मा नेपाल भण्डारी  र पूजा तामाङको थियोे। कार्यक्रममा बिभिन्न सांस्कृतिक प्रस्तुति पनि थियो।

सल्लाहकार विजय खत्रीले युवा शक्ति कुवेतको पृष्ठभूमि, उद्देश्य तथा भावी योजनाबारे विस्तृत जानकारी प्रस्तुत गरे। विभिन्न संघ–संस्था तथा भातृ–संगठनका प्रमुखहरूले शुभकामना व्यक्त गर्दै आवश्यक सुझावहरू पनि दिएका थिए। प्रमुख अतिथि शिव बानियाँले विदेशमा रहेका युवाहरूको ऐक्यबद्धता, नेतृत्व क्षमता र सकारात्मक गतिविधिले प्रवासी समुदायलाई सबल बनाउने उल्लेख गरेका थिए।कार्यक्रम ११ बजे सुरु हुने भनिए पनि करिब दुई घण्टा ढिलाइ गरी सुरु गरिएको थियो।

अतिथिहरूलाई ताजा फूलको गुच्छा प्रदान गरेर स्वागत गर्नु कार्यक्रमको विशेषता रह्यो। यसका माध्यमबाट अतिथि सम्मानलाई सभ्य, सरल र आधुनिक ढङ्गले प्रस्तुत गर्ने उद्देश्य राखिएको बताइएको छ।

कार्यक्रमका मुख्य प्रायोजक अल मुल्ला एक्सचेन्ज र हिमालयन रेस्टुरेन्ट हाउस कुवेत रहेका थिए।

नवगठित कार्यसमिति

पदाधिकारी
• अध्यक्ष: विशाल डल्लाकोटी
• उपाध्यक्ष (महिला): रुबी महर्जन
• उपाध्यक्ष: मदन चम्लागाई
• सचिव: नरेन्द्र दोङ
• सह–सचिव: मेनु गौतम
• कोषाध्यक्ष: रञ्जित पञ्जियार
• सह–कोषाध्यक्ष: सुश्मा नेपाल भण्डारी
• प्रवक्ता: वासुदेव धमला

युवा संयोजक
• अर्जुन दूकुरी
• नवराज बी.के.
• करन राई
• सोमलाल तामाङ

महिला संयोजक
• माया लामा
• विष्णु विश्वकर्मा

सदस्यहरू
1. राम प्रसाद भट्टराई
2. विकास खत्री
3. कृष्ण खड्का
4. प्रेम मगराती
5. दिपक शाही
6. सुरज थापा
7. कृष्ण चौधरी
8. नविन रोक्का
9. बुहुमान तामाङ
10. आकाश विश्वकर्मा
11. सन्तोष परदेशी
12. विक्रम बोहोरा


सम्बन्धित शीर्षकहरु

-नारायण कोइराला मन्दिर भित्र पस्दैथिएँ।एक्कासी मन्दिरको पर्खाल भत्कियो। मन्दिरभित्रका देउतामा डर,त्रास केही देखिनँ। पर्खालका ढुंगा आपसमा ठोकिएर फुटे। जताततै छितारिए।…

साउदी अरबका रक्षामन्त्री तथा युवराज खालिद बिन सलमानले राजधानी रियादमा ‘विश्व रक्षा प्रदर्शनी (World Defense Show – WDS 2026)’ को…

नेपाल आईसीसी टी-२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ । इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा…

प्रतिकृयाहरू
...