Monday 24th November 2025

पाल्पाको तानसेनमा जेनजी समुहको राष्ट्रिय सम्मेलन सम्पन्न


तितोपाटी-पाल्पाको तानसेनमा जेनजी समुहको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।  “अब आवाज उठ्छ परिवर्तनका लागि, कर्म बोल्छ राष्ट्रका लागि” भन्ने मूल नाराका साथ जेनजी समूहको राष्ट्रिय सम्मेलन पाल्पाको तानसेनमा सम्पन्न भएको हो । शनिबार  आयोजित सम्मेलनमा सातै प्रदेशका संयोजक र देशभरका प्रतिनिधिहरूको सहभागिता रहेको थियो  ।
उक्त  सम्मेलनमा करिब ३ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो । जिल्लाबाट दुई सय र बाहिरी जिल्लाबाट दुई सय प्रतिनिधि सहभागी हुने योजना भए पनि वास्तविक उपस्थिति सोभन्दा केही कम रहेको आयोजक समितिका संयोजक उमेश भण्डारीले बताएका छन । सम्मेलनले भ्रष्टाचारविरुद्ध कडा अभियान सञ्चालन गर्ने र सुशासनको पक्षमा निरन्तर काम गर्ने निर्णय गरेको छ । जेनवाई पुस्ताका विज्ञान घिमिरेले “भ्रष्टाचार र अन्यायविरुद्ध हाम्रो संघर्ष निरन्तर रहनेछ” भन्दै युवाहरूलाई शुद्ध र जिम्मेवार राजनीतिमा संलग्न हुन आह्वान समेत गरेका थिए । काठमाडौंबाहिर पहिलो पटक बृहत् रूपमा आयोजना गरिएको यो सम्मेलनले केन्द्रदेखि वडातहसम्म संगठन विस्तार गर्ने र सुशासनको अभियानलाई सशक्त बनाउने योजना अघि सारेको पाल्पाका जेनजी अगुवा एबम कार्यक्रम संचालक सुशील बश्यालले  जानकारी दिएका छन ।
कार्यक्रममा “बडापत्र २०२५” जारी गरिएको छ, जसमा दण्डहीनताको अन्त्य, पारदर्शी, जवाफदेही र समावेशी शासन प्रणालीको निर्माणमा सहयोग पुग्ने उल्लेख गरिएको छ । साथै, युवाको नेतृत्वमा शुद्ध राजनीतिलाई पुनःस्थापित गर्न, भ्रष्टाचारमुक्त समाज र जिम्मेवार राज्य संयन्त्रको आधार तयार गर्न तथा अहिंसक र कानुनी राज्यको पालना गर्नका लागि प्रतिबद्धता व्यक्त गरिएको छ ।
हेर्नुहोस पाल्पाको तानसेनमा सम्पन राष्ट्रिय सम्मेलनमा प्रस्तुत बडापत्र २०२५ 

सम्बन्धित शीर्षकहरु

यमनको हुथी विद्रोहीहरूको मातहतमा रहेको एक अदालतले शनिबार इजरायल, संयुक्त राज्य अमेरिका र साउदी अरेबियाको तर्फबाट जासुसी गरेको आरोपमा १७…

दर्जनौं कोठा, ७ किलोमिटर गहिरो: गाजाको विशाल सुरुङ भित्र जहाँ हदर गोल्डिनलाई राखिएको थियो लेफ्टिनेन्ट हदर गोल्डिनलाई गाजामा ४,११८ दिन…

दक्षिणी कमाण्ड अन्तर्गत IDF सेनाले गाजा पट्टीमा भेटिएको सबैभन्दा व्यापक र जटिल भूमिगत सुरुङ मार्गहरू मध्ये एक पत्ता लगायो। यो…

प्रतिकृयाहरू
...