Monday 19th January 2026

पाल्पामा युवकको कुटपिटबाट वृद्ध महिलाकाे हत्या


तितोपाटी- पाल्पाकाे माथागढी गाँउपालिका वडा नम्बर ४, झडेवा सौरेनीमा  युवकको कुटपिटबाट  वृद्ध महिलाकाे हत्या भएको छ । गए राति  सोही वडामा ३७ वर्षका मिनबहादुर विश्वकर्माले  ७६ वर्षीया फूलमाया जिसीलाई कुटपिट गरेर हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । साे घटनामा  बिकको आक्रमणमा परी ८२ वर्षीय श्रीमान् प्रेमबहादुर जिसी घाइते भएका छन । उनलाई उपचारकाे लागि लुम्विनी मेडिकल कलेज पठाइएकाेमा थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल रिफर गरिएकाे छ। वृद्ध  दम्पति मात्रै रहेको रातको समयमा उक्त घटना भएको र कुटपिटमा हतियार खुर्पाको  समेत प्रयाेग भएकाे स्थानीयले बताएका छन् ।
यसैवीच घटनामा संलग्न विश्वकर्मालाई प्रहरीले पक्राउ गरेकाे छ । घटना गराई  घरमै गैर  लुकुरे बसेकाे अवस्थामा उनलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक हाेमप्रकाश चाैधरीले जानकारी दिनुभयाे । घटनाकाे विषयमा थप अनुसन्धान भइरहेकाे छ ।

सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...