Tuesday 24th March 2026

पाल्पामा युवकको कुटपिटबाट वृद्ध महिलाकाे हत्या


तितोपाटी- पाल्पाकाे माथागढी गाँउपालिका वडा नम्बर ४, झडेवा सौरेनीमा  युवकको कुटपिटबाट  वृद्ध महिलाकाे हत्या भएको छ । गए राति  सोही वडामा ३७ वर्षका मिनबहादुर विश्वकर्माले  ७६ वर्षीया फूलमाया जिसीलाई कुटपिट गरेर हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । साे घटनामा  बिकको आक्रमणमा परी ८२ वर्षीय श्रीमान् प्रेमबहादुर जिसी घाइते भएका छन । उनलाई उपचारकाे लागि लुम्विनी मेडिकल कलेज पठाइएकाेमा थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल रिफर गरिएकाे छ। वृद्ध  दम्पति मात्रै रहेको रातको समयमा उक्त घटना भएको र कुटपिटमा हतियार खुर्पाको  समेत प्रयाेग भएकाे स्थानीयले बताएका छन् ।
यसैवीच घटनामा संलग्न विश्वकर्मालाई प्रहरीले पक्राउ गरेकाे छ । घटना गराई  घरमै गैर  लुकुरे बसेकाे अवस्थामा उनलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक हाेमप्रकाश चाैधरीले जानकारी दिनुभयाे । घटनाकाे विषयमा थप अनुसन्धान भइरहेकाे छ ।

सम्बन्धित शीर्षकहरु

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

प्रतिकृयाहरू
...