Sunday 18th January 2026

जेनजी आन्दोलनमा प्रहरीको बर्दी खोल्न लगाएर लखेट्ने व्यक्ति पक्राउ


तितोपाटी- जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते तीनकुनेका प्रहरीमाथि आक्रमण गर्ने र प्रहरीको बर्दी खोल्न लगाउने गौतम घिसिङ नामका व्यक्ति पक्राउ परेका छन् । आन्दोलनकारीले चौकी आक्रमण गरेर हतियार लुट्नुका साथै प्रहरीलाई बर्दी खोल्न लगाएर कुटपिट गर्न थालेपछि कतिपय प्रहरीले बागमती नदीमा हामफालेका थिए ।

जेनजी आन्दोलनका बेला भएका घटनाको अध्ययन गरिरहेको टोलीले आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण गरेको भिडियो फूटेज र फोटोहरुका आधारमा घिसिङलाई पक्राउ गरेको हो । घिसिङमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रेस बिज्ञप्ति हेर्नुहोस 

 

 


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...