Sunday 11th January 2026

नेपाल कुवेत सरोकार समाजको पाँचौं अधिवेशन अक्टोबर ३१ मा हुने


नेपाल कुवेत सरोकार समाजले आफ्नो पाँचौं अधिवेशन आगामी अक्टोबर ३१ (शुक्रबार) का दिन आयोजना गर्ने भएको छ। समाजका अनुसार अधिवेशन कार्यक्रम बिहान ११ बजेबाट सुरु हुनेछ।

अधिवेशनको आयोजना स्थल कुवेतको फायर स्टेशन रोड, हेजेन कब्द, घर नम्बर १२००, ब्लक नम्बर ४ मा तय गरिएको छ।

स्थापना कालदेखि नै समाजले कुवेतमा रहेका नेपालीहरूबीच सामाजिक सेवा, आपत्कालीन आर्थिक सहयोग, तथा राष्ट्रिय कलाकारहरूको सहभागितामा विविध सांस्कृतिक कार्यक्रमहरू गर्दै आएको छ।

समाजले कुवेतमा रहेका सबै नेपाली संघ–संस्था, सामाजिक अभियन्ता, कलाकार तथा सरोकारवाला नेपालीहरूलाई अधिवेशनमा उपस्थित भई कार्यक्रमलाई सफल पार्न हार्दिक निमन्त्रणा गरेको छ।

कार्यक्रममार्फत समाजले विगतका गतिविधिहरूको समीक्षा गर्दै आगामी कार्ययोजना तथा नेतृत्व चयन पनि गर्ने अपेक्षा गरिएको छ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...