Sunday 1st February 2026

जेन-जी सहिद परिवारका तर्फबाट तीन मन्त्रालयको माग गर्दै मन्त्रीमा नाम सिफारिस


तितोपाटी – जेन-जी सहिद परिवारले सरकारसमक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहीबार राजधानीको संवाद डबलीमा सहिद परिवार संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी सरकार समक्ष श्रम तथा रोजगार मन्त्रालयको लागि सहिद विजय चौधरीको दाजु दीपक चौधरी, खानेपानी मन्त्रालयमा सहिद इस्वत अधिकारीको आफन्त भोजविक्रम थापा र युवा तथा खेलकुद मन्त्रालयको लागि सहिद योगेन्द्र न्यौपानेको मामा कमल सुवेदीको नाम सिफारिस गरेको छ ।

सहिदको रगतबाट बनेको सरकारले आफूहरूलाई नै बेवास्ता गरेकाले खबरदारीका लागि भएपनि आफूहरूको उपस्थिति क्याविनेटमा जरुरी भएको बताए । सहिद श्रीयाम चौलागाईका बुबा गणेश चौलागाईले प्रधानमन्त्री शुसिला कार्कीदेखि विभिन्न जेन–जी समूह कसैले पनि आफूहरुलाई वास्ता नगरेकोप्रति दुख व्यक्त गरे।

चौलागाईले विभिन्न मन्त्रालयहरूमा पटक-पटक ज्ञापनपत्र बुझाउँदा पनि सरकारबाट माग सम्बोधन नहुँदा आफूहरू पीडित र सहिद परिवारले गहिरो पीडा भोग्नुपरेको गुनासो गरेका हुन् । समितिले सो माग ७ दिनभित्र सरकारले सम्बोधन नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

 


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी, जनवरी ३० — जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (PAM) ले आफ्नो घरेलु कामदार भर्ती विभागमार्फत कुवेती श्रम कानुन अन्तर्गत…

कुवेतस्थित नेपाली राजदूतावासले यहाँ कार्यरत नेपाली श्रमिकहरूलाई लक्षित गर्दै “श्रम सचेतना” सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कोस्टा डेल…

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

प्रतिकृयाहरू
...