Tuesday 24th March 2026

श्रमिक हकहित सुनिश्चित गरौं – मानव ओसारपसार नियन्त्रण गरौं


विदेशी रोजगारीका लागि मध्यपूर्व लगायतका मुलुकमा हजारौँ नेपाली श्रमिक कार्यरत छन्। उनीहरूको रगत–पसिनाले आएको रकम (Remittance) ले नेपालको अर्थतन्त्रलाई मजबुत बनाएको छ। तर, अझै पनि श्रमिकले पाउनुपर्ने सुविधा, सेवा र सुरक्षा सुनिश्चित हुन सकेको छैन।

यता, दलाल र गैरकानुनी मानव ओसारपसार गर्ने गिरोह सक्रिय हुँदा असंख्य नेपाली ठगी, शोषण र अमानवीय अवस्थाको शिकार भइरहेका छन्।

👉 अब ढिला नगरी तत्कालै आवश्यक कदम
✅ वैदेशिक रोजगार प्रक्रियामा पूर्ण पारदर्शिता र डिजिटल प्रणाली अनिवार्य गर्ने।
✅गाउँ–गाउँमा जनचेतनामूलक कार्यक्रम विस्तार गर्ने।
✅ दलाल र मानव ओसारपसार गर्ने गिरोहलाई कडा कारबाही गर्ने।
✅ गन्तव्य मुलुकमा रहेका नेपालीका लागि दूतावासमार्फत सहज कानुनी संरक्षण सुनिश्चित गर्ने।
✅ आपतकालीन अवस्थाका लागि सशक्त श्रमिक सहयोग कोष स्थापना गर्ने।

श्रमिक हकहित सुरक्षित गर्न सक्ने श्रम मन्त्री चाहिएको छ।

धन्यवाद।
माधब पौडेल
मध्यपूर्व उप–संयोजक
गैर आवासीय नेपाली संघ,
अन्तर्राष्ट्रिय समन्वय परिषद


सम्बन्धित शीर्षकहरु

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

प्रतिकृयाहरू
...