Wednesday 24th December 2025

श्रमिक हकहित सुनिश्चित गरौं – मानव ओसारपसार नियन्त्रण गरौं


विदेशी रोजगारीका लागि मध्यपूर्व लगायतका मुलुकमा हजारौँ नेपाली श्रमिक कार्यरत छन्। उनीहरूको रगत–पसिनाले आएको रकम (Remittance) ले नेपालको अर्थतन्त्रलाई मजबुत बनाएको छ। तर, अझै पनि श्रमिकले पाउनुपर्ने सुविधा, सेवा र सुरक्षा सुनिश्चित हुन सकेको छैन।

यता, दलाल र गैरकानुनी मानव ओसारपसार गर्ने गिरोह सक्रिय हुँदा असंख्य नेपाली ठगी, शोषण र अमानवीय अवस्थाको शिकार भइरहेका छन्।

👉 अब ढिला नगरी तत्कालै आवश्यक कदम
✅ वैदेशिक रोजगार प्रक्रियामा पूर्ण पारदर्शिता र डिजिटल प्रणाली अनिवार्य गर्ने।
✅गाउँ–गाउँमा जनचेतनामूलक कार्यक्रम विस्तार गर्ने।
✅ दलाल र मानव ओसारपसार गर्ने गिरोहलाई कडा कारबाही गर्ने।
✅ गन्तव्य मुलुकमा रहेका नेपालीका लागि दूतावासमार्फत सहज कानुनी संरक्षण सुनिश्चित गर्ने।
✅ आपतकालीन अवस्थाका लागि सशक्त श्रमिक सहयोग कोष स्थापना गर्ने।

श्रमिक हकहित सुरक्षित गर्न सक्ने श्रम मन्त्री चाहिएको छ।

धन्यवाद।
माधब पौडेल
मध्यपूर्व उप–संयोजक
गैर आवासीय नेपाली संघ,
अन्तर्राष्ट्रिय समन्वय परिषद


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

प्रतिकृयाहरू
...