Monday 22nd December 2025

गुणनिधि घिमिरेको मन छुने “गजल”


च्यातिएको पर्दाभित्र लुकेको नै बेकार भयो
आज फेरि अर्कै पाटो च्यातिएर दिकदार भयो

मरिजाने चोला हाम्रो काम क्रोध लोभ मोह
अहङ्कार बढ्दा आफ्नै जिन्दगीमा हार भयो

न ता कोही पराई छन् न ता कोही आफ्ना यहाँ
दिनदिनै परिस्थिति किन यस्तो खुङ्खार भयो

छोरानाती पुस्तौँपुस्ता भविष्यलाई जोगाएको
सेतो कालो सम्पूर्ण नै डढ्यो जल्यो अङ्गार भयो

मिठामिठा भाषण छाँटी देश खोक्रो पार्ने सबै
रितिस्थिति बिगारेर धेरै अत्याचार भयो

हातमा हात समाऊ फेरि सम्हालेर उठाऊ न
हाम्रो इतिहास ढल्यो लड्यो लम्पसार भयो

काला गए गोरा आए चारैतिरबाट आए
मरेका त मरि गए बाँचेकालाई भार भयो ॥

गुणनिधि घिमिरे
पाँचथर खान्द्रोङ्ग
हालः- अमेरिका


सम्बन्धित शीर्षकहरु

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

प्रतिकृयाहरू
...