Thursday 20th November 2025

जेनजी नारा- असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ


तितोपाटी -नयाँ पुस्ताका युवा (जेनजी) हरूले बिभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर पर्दशन गरिरहेका छन ।  भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी) हरूले माइतीघर मण्डला लगायत देशभरका बिभिन्न ठाँउमा पर्दशन गरिरहेका छन  । आफ्ना मन खुशी  स्वत:स्फुर्त रूपमा काठमान्दौ माइतीघर मण्डलामा भेला भएका उनीहरुले  ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिँडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड बोकेर  उनीहरूले पर्दशन गरिरहेका छन् ।

साथै राष्ट्रिय झण्डा सहित पर्दशन गरिएका  उनीहरूले यस क्रममा रुख विरुवा नभाँच्ने, सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, आगजनी, तोडफोड नगर्ने, धाकधम्की नदिने, सभ्य र जिम्मेवार भएर प्रस्तुत हुने, नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा उभिने प्रतिबद्धता समेत जनाएका छन् । प्रदर्शनमा उनीहरूले राजनीतिक दल र पाटी  निकटका भ्रातृसंस्थाहरूलाई प्रदर्शनमा आउन रोक समेत लगाएका छन् ।

टिकटक र रेडिटमा भाइरल ‘नेपो किड्स’ गतिविधिले राजनीतिज्ञका छोराछोरीको विलासी जीवनशैलीमाथि प्रश्न उठाएको छ। भ्रष्टाचारबाट कमाएको सम्पत्तिले जनता र नेताका परिवारबिच आर्थिक असमानता बढाएको भन्दै सामाजिक सञ्जालमा प्रदर्शन गरेका उनीहरूले सडकमा आन्दोलन गरिरहेका छन्।


सम्बन्धित शीर्षकहरु

जुलाईमा दक्षिणी प्रान्त स्वेदामा भएको साम्प्रदायिक हिंसाको अनुसन्धानको क्रममा सिरियाको सुरक्षा र सैन्य सेवाका सदस्यहरूलाई हिरासतमा राखिएको छ, जसमा सयौं…

बहिष्कृत प्रधानमन्त्री शेख हसिना र उनको पूर्व सत्तारूढ दल अवामी लिगले विद्यार्थी आन्दोलनमाथि भएको दमनको मुद्दाविरुद्ध राष्ट्रव्यापी ‘लकडाउन’ आह्वान गरेपछि…

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नारासहित युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको…

प्रतिकृयाहरू
...