Tuesday 24th March 2026

आँउदो अगस्ट २४ तारिख दुबईमा तीज बिशेष साँस्कृतिक उत्सव हुदै


तितोपाटी-महिला दिदीबहिनीको महान पर्व हरितालिका तीजको पावन अवसरमा दुबईमा तीज बिशेष साँस्कृतिक धमाका -२०२५  हुने भएको छ ।आउदो अगस्ट २४ गते आइतबार परम्परा तीज गीत संगै बिबिध सांगेतिक कोसेलीसँगै तीज बिशेष कार्यक्रम आयोजना गरिएको आयोजक समितिका रबिन कोईरालाले तितोपाटीलाई बताएका छन । Kashika Events द्वारा  आयोजना गरिएको उक्त कार्यक्रममा  परम्परा शैलीका तीज गीतसँगै मुग्लान ब्याण्डको प्रत्यक्ष प्रस्तुति, लोकगीत, गजल, साँस्कृतिक नृत्य, बालकलाकारको प्रस्तुति रहने कोईरालाले जानकारी दिदै उक्त दिन उपस्थित भई भरपूर्ण मनोरंजन लिन समेत आग्रह गरेका छन ।

 कार्यक्रम सम्बन्धी विवरण यस प्रकार रहेको छ ।
मिति: आईतबार, २४ अगस्ट २०२५
समय: दिउँसो २ बजे देखि साँझ ७ बजे सम्म
स्थान: ग्राण्ड एम्बेसडर होटल, बुर दुबई (Nizams)

कार्यक्रमका प्रमुख आकर्षणहरू
– लोकगीत र गजलको विशेष प्रस्तुति
– सांस्कृतिक नृत्यहरू
-बालकलाकारहरूको रमाइलो प्रस्तुति
-मुग्लान ब्याण्डको ऊर्जा संग भरिपूर्ण प्रत्यक्ष संगीत
-सम्झनाका लागि फोटो बूथ
-उपहार र आकर्षक गिफ्टहरू
-स्वादिलो नेपाली परिकारहरूको स्वाद
-सम्पर्कको लागि रबिन कोइराला, +९७१५८८९९०३६४


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...