Saturday 27th September 2025

आँउदो अगस्ट २४ तारिख दुबईमा तीज बिशेष साँस्कृतिक उत्सव हुदै


तितोपाटी-महिला दिदीबहिनीको महान पर्व हरितालिका तीजको पावन अवसरमा दुबईमा तीज बिशेष साँस्कृतिक धमाका -२०२५  हुने भएको छ ।आउदो अगस्ट २४ गते आइतबार परम्परा तीज गीत संगै बिबिध सांगेतिक कोसेलीसँगै तीज बिशेष कार्यक्रम आयोजना गरिएको आयोजक समितिका रबिन कोईरालाले तितोपाटीलाई बताएका छन । Kashika Events द्वारा  आयोजना गरिएको उक्त कार्यक्रममा  परम्परा शैलीका तीज गीतसँगै मुग्लान ब्याण्डको प्रत्यक्ष प्रस्तुति, लोकगीत, गजल, साँस्कृतिक नृत्य, बालकलाकारको प्रस्तुति रहने कोईरालाले जानकारी दिदै उक्त दिन उपस्थित भई भरपूर्ण मनोरंजन लिन समेत आग्रह गरेका छन ।

 कार्यक्रम सम्बन्धी विवरण यस प्रकार रहेको छ ।
मिति: आईतबार, २४ अगस्ट २०२५
समय: दिउँसो २ बजे देखि साँझ ७ बजे सम्म
स्थान: ग्राण्ड एम्बेसडर होटल, बुर दुबई (Nizams)

कार्यक्रमका प्रमुख आकर्षणहरू
– लोकगीत र गजलको विशेष प्रस्तुति
– सांस्कृतिक नृत्यहरू
-बालकलाकारहरूको रमाइलो प्रस्तुति
-मुग्लान ब्याण्डको ऊर्जा संग भरिपूर्ण प्रत्यक्ष संगीत
-सम्झनाका लागि फोटो बूथ
-उपहार र आकर्षक गिफ्टहरू
-स्वादिलो नेपाली परिकारहरूको स्वाद
-सम्पर्कको लागि रबिन कोइराला, +९७१५८८९९०३६४


सम्बन्धित शीर्षकहरु

लन्डन: प्रमुख पश्चिमी राष्ट्रहरूले प्यालेस्टाइन राज्यलाई आधिकारिक मान्यता दिएमा गाजामा युद्ध अन्त्य गर्न मद्दत पुग्न सक्छ र यो हमासको लागि…

अफगानिस्तानका एक १३ वर्षीय किशोर विमानको पाङ्ग्रा राख्ने ठाउँ (विमानको पाङ्ग्रा राख्ने ठाउँ) मा लुकेर काबुलबाट दिल्ली पुगेको एक अचम्मलाग्दो…

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

प्रतिकृयाहरू
...