Tuesday 13th January 2026

बैदेशिक शाखाहरूको चारबुँदे मागसहित महासंघ केन्द्रलाई संयुक्त ज्ञापनपत्र


नेपाल पत्रकार महासंघअन्तर्गत क्रियाशील विभिन्न बैदेशिक शाखाहरूले प्रतिनिधित्व र सहभागिताको सुनिश्चिततासहित चारबुँदे माग पेश गर्दै महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा सहित कार्यसमितिलाई संयुक्त ज्ञापनपत्र हस्तान्तरण गरेका छन्।

ज्ञापनपत्रमा निर्वाचनमा मताधिकार सुनिश्चितता, केन्द्रीय कार्यसमितिमा वैदेशिक प्रतिनिधित्व, महासंघका गतिविधिमा समान सहभागिता, र सदस्यता पारदर्शितामा प्रवासको अवस्थाअनुसार लचिलोपन अपनाउन जोड दिइएको छ।

ज्ञापनपत्रमा यूरोप, युएई, जापान, बेल्जियम, कतार, कुवेत, बेलायत, दक्षिण कोरिया र भारत शाखाका अध्यक्षहरूको संयुक्त हस्ताक्षर रहेको छ।

बैदेशिक शाखाहरूले प्रवासी नेपाली पत्रकारिता सशक्त बनाउँदै राष्ट्रिय पत्रकारिता समृद्धिमा योगदान दिँदै आएको उल्लेख गर्दै, संघको लोकतान्त्रिक चरित्रलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

 


सम्बन्धित शीर्षकहरु

आइतबार (जनवरी १२) ह्वाइट हाउसले पुष्टि गर्‍यो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा तीव्र विरोध प्रदर्शनका बीच हवाई आक्रमण सहित…

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

प्रतिकृयाहरू
...