Tuesday 21st April 2026

निरेम साङ्गतिक उत्सव’को तेस्रो संस्करण डिसेम्बरमा


निरेम प्रोडक्सनले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘निरेम सांगीतिक उत्सव’ को तेस्रो संस्करण यही आउँदो डिसेम्बर १२ मा हुने घोषणा गरेको छ। ‘निरेम सांगीतिक उत्सव २०२५’ शीर्षकमा आयोजना हुन लागेको यो कार्यक्रम विगत दुई संस्करणको सफलतापछि थप भव्य रूपमा प्रस्तुत गरिने तयारीमा रहेको छ।

पहिलो संस्करणमा लोकप्रिय गायक कमल खत्री, गायिका मेलिना मैनाली र नृत्याङ्गना कविता नेपालीले आफ्नो प्रस्तुति दिएका थिए। दोस्रो संस्करण भने गत फेब्रुअरीमा सम्पन्न भएको थियो, जसमा गायिका तृष्णा गुरुङ र गायक हिमाल सागरले दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए। ती कार्यक्रमहरूमा कुवेतस्थित नेपाली समुदायको उल्लेखनीय उपस्थिति र उत्साहजनक सहभागिता देखिएको थियो।

तेस्रो संस्करणको स्थान र अतिथि कलाकारहरूको नाम छिट्टै सार्वजनिक गरिने आयोजक निरेम प्रोडक्सनले जानकारी दिएको छ। कार्यक्रमको मूल उद्देश्य भनेको कुवेतमा बसोबास गर्ने नेपाली समुदायलाई संगठित गर्दै, नेपाली कला, संगीत र संस्कृतिको प्रवर्द्धन गर्नु हो।

निरेम सांगीतिक उत्सवलाई समुदायबीचको आपसी सम्बन्ध बलियो बनाउने र प्रवासी जीवनमा सकारात्मक ऊर्जा थप्ने माध्यमको रूपमा लिइएको छ। आयोजकले सबैलाई डिसेम्बर १२ मा आयोजना हुने यस सांगीतिक यात्रामा सहभागी भई उत्सवलाई सफल बनाउन आग्रह गर्दै, कार्यक्रमसम्बन्धी थप जानकारी आफ्ना आधिकारिक डिजिटल प्लेटफर्महरूमा क्रमशः सार्वजनिक गरिने जनाएको छ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — भारतबाट खरिद गरी नेपाल ल्याइने सामानमा भन्सार शुल्क तिर्नुपर्ने विषयमा देखिएको अन्योलबारे सरकारले स्पष्ट पारेको छ। १०० रुपैयाँभन्दा…

शुक्रबार अब्बास अराघची ले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत ठूलो घोषणा गरे। उनले युद्धविरामको बाँकी समयसम्म होर्मुजको जलडमरूमध्य पूर्ण रूपमा खोलिएको बताएका…

तितोपाटी- गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राय तथा सुझाव मागेको छ…

प्रतिकृयाहरू
...