Tuesday 24th March 2026

पाल्पाली समाज युएईले अथिति कलाकारको साथमा तीज मनाउदै


तितोपाटी- नेपाली नारीहरूको महान पर्व  हरितालिका तीजको अवसर पारेर  पाल्पाली समाज युएईले अथिति कलाकारको साथमा भब्य रुपमा मनाउने भएको छ। समाजको नौलो प्रस्तुति ‘तीज बिशेष साँस्कृतिक कार्यक्रममा चर्चित लोकगायक नवीन पौडेल र लोकगायिका शुसिला गौतमले  बरदुबई तताउने भएका छन । आँउदो जुलाई २७ तारिख आईतबारका दिन बरदुबईको  SK7 हलमा दिउँसो १ बजेबाट कार्यक्रम शुरु हुने  रबिन कोईंरालाले जानकारी दिनु भएको छ ।

प्रबासीभूमिमा नेपाली कला  संस्कृति परम्परा र रीतिरिवाजलाई जगेर्ना गर्ने उद्देश्यले  तीज  साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो । उक्त साँस्कृतिक कार्यक्रममा अथिति कलाकार लोकगायक नवीन पौडेल र लोकगायिका शुसिला गौतम साथै  स्थानीय कलाकारको पनि जोडदार प्रस्तुति रहने कार्यक्रमको तयारी समेत अन्तिम चरणमा पुगेको आयोजकले  जनाएको छ  ।

कार्यक्रमलाई  थप  विशेष बनाउन  ‘पाल्पाली ढाका’ को पोशाकमा सजिने  आयोजक तयारी रहेको छ ।  सहभागीहरूले परम्परागत देखावटी भन्दा टाढा रहेर आफ्नै जिल्ला पाल्पामा उत्पादन भएको ढाका कपडामा सजिएर तीज मनाउने जानकारी गराउदै अध्यक्ष कैलाश अर्यालले प्रबासीभूमिमा  ढाकाको प्रयोगले घरेलु उत्पादनको प्रचार मात्र होइन, हाम्रो मौलिक पहिचानको प्रवर्द्धनमा समेत सहयोग पुर्‍याउने बताउनु भयो । पाल्पाली समाज युएई युएईमा सामाजिक सक्रिय होईन पाल्पा जिल्लाका बिभिन्न बिद्यालयमा आर्थिक सहयोग र बिभिन्न क्षेत्रमा सहयोग पुर्याउदै आएको छ ।

साँस्कृतिक कार्यक्रम सम्बन्धी विवरण

कलाकारहरु:- नबिन पौडेल, शुसिला गौतम साथै स्थानीय कलाकार

स्थान:-बरदुबईको  SK7 हल

मिति:-आइतबार, २७ जुलाई २०२५

समय:- दिउँसो १ बजे

आयोजक:-पाल्पाली समाज युएई


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...