Monday 12th January 2026

रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान शुरु


तितोपाटी-निलम्बित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर् अभियान शुरु भएको छ । चर्चित  भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका  रायमाझीविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै उनी  निर्बाचित जिल्ला अर्घाखाचीमा  हस्ताक्षर अभियान थालिएको छ ।

 चर्चित  भुटानी शरणार्थी प्रकरणमा २ ०८० असार १ गते निलम्बित सांसद  रायमाझी सहित २ दर्जन कारागार चलान भएका थिए भने कांग्रेस नेता बालकृष्ण खाडसहितका धेरैजसो उच्चको आदेशमा धरौटीमा छुटेका छन्। अहिले उनको मुद्दा सर्वोच्चमा विचाराधीन छ । रायमाझी नेकपा एमालेका निलम्बित सचिव भएपनि हस्ताक्षर अभियानको अगुवाई भने एमालेले नगरी स्थानीय युवाहरुले गरेका छन् । एकै  मुद्दामा पक्राउ परेका कांग्रेस नेता  खाडसहितका धेरै व्यक्तिहरुलाई  धरौटीमा छाडिएपनि लामो समयदेखि  रायमाझीलाई प्रतिशोधकै कारण हिरासतमा राखिएको अभियान चलाउने युवाहरुको भनाइ रहेको छ।
तस्बिर:-सामाजिक संजाल


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...