Monday 2nd March 2026

इजरायल र इरान पूर्ण युद्धविरामको निम्ति सहमत भएको ट्रम्पको दाबी


बीबीसी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायल र इरानले सिंगाे र पूर्ण युद्धविरामको निम्ति सहमति जनाएको दाबी गरेका छन्।

उनले अबको केही घन्टामा त्यस्तो युद्धविराम कार्यान्वयनमा जाने पनि बताएका छन्। इरान र इजरायलको तर्फबाट उनको त्यस्तो घोषणाको पुष्टि हुन बाँकी नै छ।

ट्रम्पले युद्धविराम सहमतिको बारेमा घोषणा गर्दै दुवै देशले आफ्ना सैन्य कार्वाहीहरूलाई अन्त्य गर्ने काम थालेपछि “अबको लगभग छ घन्टापछि” त्यो लागू हुने बताएका थिए। ट्रम्पको घोषणामा सैन्य गतिविधिहरूका बारेमा समयबद्ध विवरणहरू भएता पनि त्यसमा युद्ध औपचारिक रूपमा अन्त्य हुने कुरा समावेश छ।

अमेरिकी राष्ट्रपतिले इजरायलइरान द्वन्द्वलाई “१२ दिनको युद्ध” पनि भने। उनले आफ्नो सन्देशमा “यो युद्ध बर्षौंसम्म चल्न सक्ने र सम्पूर्ण मध्यपूर्वलाई ध्वस्त पार्न सक्ने खालको भएपनि त्यसो नभएको र अब कहिल्यै त्यस्तो नहुने” दाबी पनि गरेका छन्।

बीबीसीका संवाददाता बर्न्ड डेबुस्मन जुनिअर भन्छन् ट्रम्पको युद्धविराम घोषणका बारेमा इजरायल र इरानको प्रतिक्रिया थाहा पाउनै बाँकी छ। फेरि उनको यो घोषणपछि लडाइँ रोकिन्छ वा युद्धविराम लागु भएमा त्यो कायमै रहन्छ भन्ने कुनै ग्यारेन्टी पनि छैन।

अमेरिकी संचारमाध्यमहरूले नाम उल्लेख नगरिएका सरकारी अधिकारीहरूलाई उल्लेख गर्दै कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले युद्धविरामका निम्ति भूमिका खेलेको जनाएका छन्।

तर ट्रम्पले गरेका युद्धविराम सम्बन्धी घोषणाप्रति इरानबाट औपचारिक प्रतिक्रिया आइनसकेको बीबीसी पर्सियन सेवाकी पत्रकार घोनशेह हबिबिआजादले बताएकी छन्।

इरानको सरकारी लगायतका संचारमाध्यमहरूले त्यसलाई “ट्रम्पको दाबी” मात्रै भनेर जनाएका छन् जुन हालका निम्ति घटनालाई सावधानीपूर्वक लिइएको संकेत हो।

त्यसैबिच इजरायली सेना आइडीएफले तेहरानका विभिन्न जिल्लालाई लक्ष्यित गर्दै त्यहाँ हमला हुनसक्ने भनी मानिसहरूलाई अन्यत्र जान तीनवटा सूचनाहरू जारी गरेको छ।

देशका विभिन्न भागमा विस्फोटका आवाजहरू सुनिएका विवरणहरू प्राप्त भएका छन्।

त्यसअघि इरानले कतारस्थित संयुक्त राज्य अमेरकाको हवाई सैन्य अखाडामा क्षेप्यास्त्र हमला गरेको थियो जस्लाई इरानले शनिबार आफ्नो परमाणु केन्द्रहरूमा भएका हमलाको जवाफ भनेको छ।

ट्रम्पले त्यस्तो हमलामा कुनै पनि अमेरिकी वा कतारी हताहति नभएको भन्दै इरानको हमला “एकदमै कमजोर” रहेको बताएका थिए र उनले “हमलाबारे पहिले नै जानकारी दिएकामा” इरानलाई धन्यवाद पनि दिए।


सम्बन्धित शीर्षकहरु

इरानी सरकारी टेलिभिजनले आइतबार बिहान सर्वोच्च नेता अली खामेनीको हत्या भएको पुष्टि गर्‍यो, जुन १९८९ पछि इरानमा सबैभन्दा ठूलो राजनीतिक…

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक…

Donald Trumpले इरानका सर्वोच्च नेता Ali Khamenei मारिएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै ट्रम्पले खामेनीको मृत्यु…

प्रतिकृयाहरू
...