Wednesday 25th March 2026

ट्रम्पले भने– सबैले तुरुन्त तेहरान खाली गर्नू, के हो यसको अर्थ ?


बीबीसि- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक संजाल ‘ट्रुथ सोसल’मार्फत तुरुन्त तेहरान खाली गर्न भनेका छन् । उनले पोष्टमा लेखेका छन्, ‘सबैले तुरुन्त तेहरान खाली गर्नू’ ।
यसअघि आज नै इजरायली अधिकारीहरूले तेहरानको उत्तर–पूर्वी भागका बासिन्दाहरूलाई सैनिक केन्द्रहरूमा आक्रमण गर्ने योजना भएको दाबी गर्दै क्षेत्र खाली गर्न आग्रह गरेका थिए ।
ट्रम्पले आफ्नो पोष्टमा अमेरिका–इरान परमाणु वार्ताको अन्तिम चरणमा उनले प्रस्ताव गरेको सम्झौतामा इरानले हस्ताक्षर गर्नुपथ्र्यो भनेका छन् ।
“सरल भाषामा भन्दा इरानसँग परमाणु हतियार हुनै हुन्न । मैले यो बारम्बार भनेको छु,” उनले लेखे ।
ट्रम्पको भर्खरको पोष्टले इरानलाई वार्तामा बस्न दबाब दिन खोजेको देखिएको सीएनएनले जनाएको छ ।
ह्वाइट हाउसको एक स्रोतले अमेरिकी समाचार नेटवर्क सीएनएनलाई बताएअनुसार ट्रम्पले तेहरानका बासिन्दाहरूलाई तुरुन्त खाली गर्न आग्रह गर्दै गरेको पोष्टले इरानले चाँडै वार्तामा बस्नुपर्छ भन्ने सन्देश दिन खोजेको हो ।
जी–७ शिखर सम्मेलन बीचैमा छोडेर ह्वाइट हाउस फर्किंदै ट्रम्प
सीएनएनका अनुसार क्यानडाको रकी पर्वतमा भइरहेको जी–७ शिखर सम्मेलनको बीचमा सोमबारदेखि नै ट्रम्पले इजरायल र इरानबीचको परिस्थितिको नियमित अपडेट लिइरहेका छन् ।
यसअघि ट्रम्पले इरानसँग कूटनीतिक सम्झौता गरेर यो संघर्षलाई अन्त्य गर्नसक्ने संकेत दिएका थिए । “यहाँबाट निस्किएपछि हामी केही गर्दैछौँ,” उनले भने । यो शिखर सम्मेलन मंगलबार समाप्त हुनेछ ।
इरानका विदेश मन्त्री अब्बास आराघचीले आज नै सामाजिक संजालमार्फत ट्रम्प कूटनीतिमा इमान्दार छन् र युद्ध रोक्न चाहन्छन् भने वासिंगटनबाट एउटा फोन कलले नै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई नियन्त्रणमा ल्याउनसक्ने बताएका थिए ।
तर, अमेरिका यो संघर्षमा फसेको र यसले कुनै पनि वार्तामार्फत समाधानको सम्भावनालाई नष्ट गर्ने पनि उनले चेतावनी दिए ।
अमेरिकाको वाशिंगटन डीसीस्थित थिंक ट्यांक सेन्टर फर इन्टरनेसनल पोलिसीका कार्यकारी उपाध्यक्ष म्याथ्यु डसले तेहरानका सम्पूर्ण जनताले सहर खाली गर्नुपर्छ भन्ने ट्रम्पको चेतावनी डरलाग्दो भएको बताए ।

इरान र इजरायलबीच आक्रमण जारी, राजधानी तेहरानमा विस्फोट
“यो १५ लाखभन्दा बढी जनसंख्या भएको महानगरीय क्षेत्र हो । यस्तो ठूलो सहर खाली गर्न असम्भव छ । विशेषगरी जब पेट्रोल पम्पहरूमा इन्धन नै उपलब्ध छैन । मानिसहरूले पैदल नै भाग्नुपर्ने अवस्था छ,” डसले अलजजिरालाई भने ।
“तर दुर्भाग्यवश, ट्रम्पले के कुरा गम्भीरतापूर्वक भन्छन् भन्ने बुझ्न गाह्रो छ । यद्यपि, अमेरिकी राष्ट्रपतिबाट यस्तो भाषा आउनु अत्यन्तै चिन्ताजनक छ । हामी सबैले चिन्ता व्यक्त गर्नुपर्छ,” उनले थपे ।


सम्बन्धित शीर्षकहरु

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

प्रतिकृयाहरू
...