Wednesday 24th June 2026

एनआरएनए एनसीसी कुवेतलाइ फुट्न नदिन एनसीसी कुवेतद्वारा तीन सदस्यीय समन्वय समिती गठन


कुवेतमा एनआरएनएलाइ फुट्न नदिन एनसीसी कुवेतद्वारा तीन सदस्यीय समन्वय समिती गठन गरिएको छ । एनसीसी कुवेतका प्रवक्ता हर्क मोक्तानद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत सो एनसीसी कुवेतले सो जानकारी दिएको हो ।

पछिल्लो समय एनआरएनए केन्द्रमा भएको चरम विवाद र फुटको कारण एनसीसी कुवेत पनि फुटको संघारमा पुगेको छ। यस अघि डा. शेष घलेको संयोजकत्वमा गठित उच्चस्तरीय समितीले विभिन्न देशमा गरेको एनसीसी तदर्थ समिती नै गत मे ३-५ सम्म काठमाडौंमा सम्पन्न एनआरएनएको एनसीसी भन्दै कुवेतमा पनि दुइटा एनआरएनए बनाउने जोडमा पुगेका श्रमिकहरुलाइ एकताको शुत्रभित्र बाँधेर लैजाने उदेश्यका साथ एनसीसी कुवेतको गत मे २९ तारिक विहिवार कुवेतको फर्वानिया स्थित डाम्पा चौतारीमा अध्यक्ष रणध्वोज लामाको अध्यक्षतामा बसेको बैठकले संस्थापक अध्यक्ष राजेन्द्र तामाङको संयोजकत्वमा तीन सदस्यीय समन्वय समिती गठन गरेको हो। समितीका सदस्यहरूमा पूर्व अध्यक्षहरू अर्जुन तामाङ र सुजन केसी रहेका छन् ।

एनसीसी कुवेतले कुवेतको समाजलाई विखन्डन र विभाजनबाट मुक्त गराउन यो कदम चालेको अध्यक्ष रणध्वज लामाले बताएका छन।

अर्को एनआरएनए बनाउने जोडमा लागेका श्रमिक साथिहरु संग समन्वय समितीले बसेर छलफल गरेर उनिहरुको असन्तुष्टिलाइ सम्बोधन गरि एउटै एनआरएनए बनाउने उनिहरुको उदेश्य रहेको छ। एनसीसी कुवेतले आगामी जुलाइ १८ तारिक अधिवेशन गर्ने गरि पञ्जिकृत सदस्यता खुलाइसकेको छ। समन्वय समितीका संयोजक राजेन्द्र तामाङले केन्द्रिय स्तरका सबै साथिहरुसंग समन्वय भैरहेको बताउँदै कुवेतको नेपाली समाजलाइ एकताको सुत्रभित्र बाँध्न अहिलेको आवस्यकता र हाम्रो उदेश्य रहेकोले यो समन्वय समितीको गठन भएको बताएका छन।

साथै एनसीसी कुवेतले कुवेतमा स्थापित संघ संस्था तथा सम्पुर्ण श्रमिक साथीहरुलाइ यो पक्ष र त्यो पक्ष भन्दै पक्ष र विपक्षमा नलागी आ-आफ्नो तर्फबाट एकतका लागि पहल गर्दै सदस्यता लिइदिनहुनको लागि अनुरोध गरेका छन।


सम्बन्धित शीर्षकहरु

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रतिकृयाहरू
...